काठमाडौं । ३३ किलो सुनकाण्डका नाइके ‘गोरे’ अर्थात् चूडामणि उप्रेती प्रहरीले सार्वजनिक गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लामो समयदेखि हुँदै आएको सुनतस्करीका नाइके मानिने ‘गोरे’ लाई मंगलबार दिउँसो गृह मन्त्रालयको विशेष छानबिन समितिले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।
मन्त्रालयमा आयोजित पत्रकार सम्मलेनमा समिति संयोजक सहसचिव ईश्वर पोखरेलले उनलाई आजै जिल्ला अदालत मोरङमा पेश गरिने जानकारी दिए।
प्रहरीले गोरेलाई काठमाडौंको गौरीघाटबाट मंगलबार बिहान पक्राउ गरिएको बताएको छ। गोरेले विमानस्थलमा एयरलाइन्सका कर्मचारी र प्रहरीसँग सेटिङ मिलाएर सुन तस्करी गर्दै आएका थिए।