arrow

महिला संघमा गरिएको मनोनयन तत्काल फिर्ता लिन माग

logo
प्रकाशित २०७५ जेठ ८ मंगलबार
mahila_sangh.JPG

काठमाडौं ।  नेपाल महिला संघका अध्यक्षले अव्यवहारिक र एकलौटी ढंगले गरेको पदाधिकारी र केन्द्रिय सदस्यको मनोनयन तत्काल फिर्ता लिन माग गरिएको छ । मंगलवार नेपाल महिला संघका महासचिव धना खतिवडा र कोषाध्यक्ष जानकी सिंहले विज्ञप्ति जारि गर्दै संवाद मार्फत आन्तरिक समस्या समाधान गर्न माग गरेका छन् । उनिहरुले नेपाल महिला संघमा देखिएको पछिल्लो विवादलाई आपसी समझदारीबाट टुंग्याउँनु पर्ने आफ्नो मागलाई वेवास्ता गरिएको प्रति गम्भिर भएको जनाएका छन् ।  

विज्ञप्तिमा 'नेपाल महिला संघको अध्यक्षले अत्यन्त स्वेच्छाचारी ढंगबाट केन्द्रीय पदाधिकारी र सदस्यहरुको मनोनयन गरे पश्चात नै हामीले मर्यादित ढंगबाट सो निर्णयको पुनर्विचार गर्न आग्रह गरेका थियौ । साथै, पार्टी नेतृत्वलाई समेत हाम्रो असहमतिका बारे प्रष्ट पारिसकेका छौ । तर हाम्रो शालीन प्रस्तुतिलाई कमजोरी ठानी लोकतान्त्रिक मुल्य र मान्यताको समेत बेवास्ता गर्दै निरन्तर एकलौटी नियुक्तिको शृखंला जारी राखि अध्यक्ष स्वयम सांगठनिक जिम्मेवारीबाट च्यूत हुदै गएको देख्दा हामी दुःखित भएका छौ उल्लेख छ।'  

 राजनीतिक संस्कारलाई लत्याउँदै व्यक्तिवादी हठ र संकिर्ण स्वार्थमा लिप्त भएर सिमित व्यक्तिको अराजनीतिक फाइदाको खोजी गर्नु समग्र कार्यकर्ता र शुभचिन्तकको अपेक्षामा कुठाराघात गर्नु भन्दै महासचिव र कोषाध्यक्षद्वारा विज्ञप्तिमा  'हाम्रो सामु आफ्नै मातृ पार्टीको नेतृत्वमा नयाँ संविधान जारी र तिन वटै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको ताजा इतिहास छ । संगसंगै, अत्यन्त भ्रामक, अराजनीतिक र सर्वसत्तावाद उन्मुख बामधुव्रीकरणले लोकतन्त्रमाथि निम्त्याउने संकटका विरुद्ध लड्न तयारी अवस्थामा रहनु पर्ने देखिन्छ । त्यस माथि पनि निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित परिणामको विश्लेषण गर्दै सामाजिक मुद्दाको उठानसंगै आम जनताका बिच जानु पर्ने गम्भिर परिस्थिती निर्माण भएको छ । यसका लागि शालिन, सौम्य, बलियो र प्रभावशाली संगठन हाम्रो आवश्यकता हो' भनिएको छ  ।

   
                                    
                                    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ