arrow

कांग्रेसले लियो विज्ञसँग सुझाव

logo
प्रकाशित २०७५ जेठ ८ मंगलबार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमका बारेमा विज्ञसँग परामर्श गरी राय सुझाव लिएको छ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलवार बसेको दलको बैठकले नीति तथा कार्यक्रमका बारेमा अर्थविद् तथा पूर्वप्रशासकसँग परामर्श गरेको हो । आइतबार सरकारले संघीय संसद्मा आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा बुधबारदेखि छलफल हुँदैछ ।

बैठकले नीति तथा कार्यक्रमका बारेमा समीक्षा गर्नाका साथै उक्त नीतिको सम्बन्धमा संसद्मा बोल्ने विषयका बारेमा छलफल गरेको कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले जानकारी दिए । यसअघि कांग्रेस संसदीय दलको बैठकले दलका विषयगत समिति बनाई संसद्मा पार्टीका धारणा राख्ने निर्णय गरेको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ