arrow

लागू भयो पत्रकार दुर्घटना बिमा, बिमा गर्न आवह्नान

logo
प्रकाशित २०७५ जेठ ८ मंगलबार
patrakar-bima.jpg

काठमाडौं । मंगलबारदेखि चालू आर्थिक वर्ष २०७४-७५ को पत्रकारहरुको दुर्घटना बीमा लागू भएको छ । यो योजनाअन्तर्गत पहिलो चरणमा छ सय १३ जना पत्रकारहरुको दुर्घटना बीमा लागू भएको हो । मंगलबार सूचना विभागमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक बालकृष्ण घिमिरे र महासंघका कोषाध्यक्ष राजेश मिश्रले एनएलजी बीमा कम्पनीका प्रतिनिधिलाई संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् ।
 
नेपाल पत्रकार महासंघ, सूचना विभाग र एन एनएलजी कम्पनी लिमिटेडबीच गत चैत महिनामा भएको सम्झौता अनुसार ३१० रूपैयाँ ७५ पैसाका दरले ६ सय १३ जना पत्रकारको १,९०,४८९ रूपैयाँ ७५ पैसा रहेको छ । नेपाल पत्रकार महासंघले पत्रकार दुघर्टना बीमाका लागि तीन वर्षदेखि पत्रकारहरुको विवरण संकलन गर्दै आएको छ ।

पत्रकार दुर्घटना निर्देशिका २०७० अनुसार २५ प्रतिशत शूल्क पत्रकार स्वयम काम गर्ने सञ्चार गृहले व्यहोर्ने व्यस्था रहेको छ  । बाँकी ७५ प्रतिशत शुल्क सरकारी पत्रकार बीमा कोषबाट व्यवस्था हुने व्यहोरा रहेको छ  । उक्त सम्झौता अनुसार श्रमजीवी पत्रकारका लागि ७७ रुपैयाँ ०६९ पैसा पत्रकार काम गर्ने सञ्चारगृहले तिरिदिनुपर्ने छ । बाँकी ७५ प्रतिशतले आउने २ सय ३३ रुपैयाँ ०६ पैसा सरकारका तर्फबाट व्यहोरिएको छ ।

यो सुविधाबाट कार्यक्षेत्रमा क्रियाशील रहँदा बीमित पत्रकारको चोटपटकका कारण शरीर ७५ प्रतिशतभन्दा बढी अशक्त भएको खण्डमा पाँच लाख रुपियाँसम्म पाउने छन् । त्यस्तै दुर्घटनाबाट उत्पन्न उपचारमा लागेको वास्तविक खर्चको बिल अनुसार दुई लाख रुपियाँसम्म बीमा कम्पनीले व्यहोर्ने छ । उपचारमा लाग्ने २० प्रतिशत बराबरको रकम भने पत्रकार स्वयम्ले व्यहोर्नुपर्ने पत्रकार दुर्घटना बीमा निर्देशिका, २०७० मा उल्लेख छ ।

यो आर्थिक वर्ष दोस्रो चरणको पत्रकार दुर्घटना बीमाका लागि पत्रकारको बिवरण आजैबाट संकलन गरी जेठ मसान्तसम्म प्राप्त भएकालाई प्रकृयामा अघि बढाइने बताइएको छ । दुर्घटना बीमाको सुविधामा सहभागी हुन सूचना विभागको पत्रकार परिचय पत्र लिई नवीकरण गरेको तथा नेपाल पत्रकार महासंघको सिफारित अनिवार्य गरिएको छ । महासंघले बीमा कार्यक्रममा सहभागी हुन सबै पत्रकारलाइ आह्वान गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ