arrow

राष्ट्रपतिले सभामुखलाई सदनमा आदर नगरेप्रति कांग्रेसको रोष

logo
प्रकाशित २०७५ जेठ ८ मंगलबार

काठमाडौँ । राष्ट्रपति विद्या देवी भण्डारीले सरकारले प्रस्तुत नीति तथा कार्यक्रममा सभामुखलाई सदनमा आदर नगरेप्रति कांग्रेसले रोष प्रकट गरेको छ । कांग्रेस संसदीय दलको मंगलवारको बैठकले सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई सम्मान सूचक सम्बोधन नगरेकोतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैठकमा  नीति र कार्यक्रम पार्टीको घोषणापत्र जस्तो भएको र आगामी एक वर्षभित्र सरकारले के–के गर्ने प्रष्ट धारणा ल्याउन नसकेको ठहर गरेको हो ।

सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले नीति तथा कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, जनताको घर आगनमा सरकारको सेवा र सुविधा पुर्‍याउने प्रतिबद्धतालाई बेवास्ता गरेको आरोप लगाएको छ ।

बैठकले स्थानीय सरकार तथा प्रदेश सरकारलाई सशक्त बनाउने योजना दृढतापूर्वक नल्याएको, तीनै तहका निर्वाचन सम्पन्न भै सकेको अवस्थामा जनताको सम्बृद्धिको चाहनालाई पूरा गर्ने दृढतालाई प्राथमिकता दिन नसकेको निष्कर्ष निकालेको छ ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे छलफलका लागि विज्ञसहित संसदीय दलको बैठकमा विज्ञहरूले आ–आफ्नो राय तथा सुझाव दिनुभएको मुख्य सचेतक बालकृष्ण खाँणले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ