arrow

साढे ३३ किलो सुन काण्डमा २८ जना थुनामा

logo
प्रकाशित २०७५ जेठ ९ बुधबार
gore-gold.jpg

विराटनगर । मोरङ जिल्ला अदालतले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा संलग्न भएको आरोपमा २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ । 

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले सुन तस्करी र सनम शाक्य हत्या काण्डमा संलग्न भएको आरोप लागेका ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि मंगलबार थुनामा राख्न आदेश दिएको हो । 

यसैगरी अदालतले एक जनालाई तारेखमा र अर्का एक जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । 

तारेखमा रिहा हुनेमा प्रहरी जवान अमर थापा छन् भने हवल्दार विष्णु खड्कालाई रु १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ