arrow

सलाह विश्वकपका लागि सबैभन्दा उत्कृष्ट अफ्रिकी खेलाडी 

logo
प्रकाशित २०७५ जेठ ९ बुधबार
salah.jpg

काठमाडौं । रुस विश्वकप २०१८ खेल्ने सबैभन्दा उत्कृष्ट अफ्रिकी खेलाडीहरुको सूची सार्वजनिक भएको छ । यो सूचीमा इजिप्टका स्ट्राइकर मोहम्मद सलाह सबैभन्दा अगाडि देखिएका छन् । 

रुस विश्वकपमा इजिप्छ, नाइजेरिया, मोरोक्को, ट्युनिसिया र सेनेगल छनोट भएका छन् । इजिप्ट यस पटक पहिलो पटक विश्वकपमा छनोट भएको टोली हो । लिभरपुलका लागि व्यावसायिक फुटबल खेलिरहेका मोहम्मद सलाहले कीर्तिमानी प्रदर्शन गरेका थिए । जसको कारण पनि यस पटकको विश्वकपका लागि सलाहको नाम सबैभन्दा अगाडि देखिएको हो ।

अफ्रिकी खेलाडीहरुको रेटिङमा सलाहले ८८ अंक पाएका हुन् । दोस्रो स्थानमा रहेका मेधी बेनाटियाले केवल ८५ अंक हासिल गरेका छन् । जसको कारण पनि अफ्रिकामा सलाह सबैभन्दा अगाडि देखिएका हुन् । 

सलाहको पछिल्लो समयको उत्कृष्ट प्रदर्शनको कारण पनि अफ्रिकामा उनको प्रदर्शन बलियो रहने अनुमान गरिएकोमा स्वाभाविक रुपमा उनी यस विश्वकपमा प्रभाव जमाउनसक्ने अफ्रिकी खेलाडी बनेका हुन् । 

सलाहले पछिल्लो समय आफ्नो टोलीको सुधारको लागि निकै महत्वपूर्ण योगदान दिएका छन् । सलाहले सबैभन्दा बढी अंक गतिमा पाएका छन् । उनले गतिमा ९३ अंक पाएका छन् भने ड्रिबलिङमा ८९ अंक पाएका छन्, सुटिङमा ८२ अंक पाएका उनले पासिङमा ७९ र शारीरिकमा भने ७७ अंक मात्र पाएका हुन् । 

सलाहको लिभरपुलबाटै खेल्ने साथी स्याडिओ मानेले ८४ अंक पाएका छन् । उनको पनि गति र ड्रिबलिङ भने निकै आकर्षक देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ