arrow

नेकपाका वडा अध्यक्षले भारतीय मानव तस्करलाई नागरिकता बनाइदिएको खुलासा

logo
हाम्रा कुरा
प्रकाशित २०७५ जेठ ९ बुधबार
ncp-hq-building-oli-prachanda.jpg

मोरङ। रंगेलीमा बसेर मानव तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक भारतीयसँग नेपाली नागरिकता रहेको पाइएको छ । भारत कुर्सकुट्टा डोवाबडी १३ घर भई रंगेली नगरपालिका–८, दर्बेसामा रहेको ठूलोबुवाको घरमा बस्दै आएका मुजफ्फर हुसैनले नेपाली नागरिकता प्रमाणपत्र बनाएको पाइएको हो । 

उनले तत्कालिन नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष ढकप्रसाद आचार्यको संलग्नतामा नेपाली नागरिकताको प्रमाणपत्र बनाएको पाइएको हो। हुसैनले रंगेली नगरपालिका–८, दर्बेसाबाट आफ्नो ठूलोबुवा अबहुल सकर मियाँको छोरा अनावारुल मियाँलाई बाबु बनाएर नागरिकता बनाएको रहस्य खुलेको हो ।

भारतको सन् २०१८ को विधानसभा र लोकसभा निर्वाचनको मतदाता नामावलीमा नाम रहेका मुजफ्फर हुसैनले रंगेली नगरपालिका–८, का वडाअध्यक्ष ढकप्रसाद आचार्यको सिफारिसमा राजा मियाँ नामबाट नागरिकता बनाएका पाइएको हो । बिहार राज्यले सन् २०१८ जनवरी १० तारिखमा प्रकाशित गरेको निर्वाचन नामावलीमा हुसेनको यु एक्स बि १३८०५१८ नम्बरको निर्वाचन मतदाता परिचयपत्र रहेको छ । ३० वर्षका उनको परिचयपत्रमा उनको बाबुको नाम मोहम्मद हासिम उल्लेख रहेको छ ।

हासिम भारतमा नै बस्दै आएका छन् । उनले अररिया जिल्ला अन्तरगत सिक्टी विधानसभा र लोकसभा  निर्वाचनका लागि कुर्सकट्टा प्रखण्ड अन्तरगत उत्क्रमित मध्यविद्यालय डौवाबाडी मतदान केन्द्रमा मतदान गर्ने गरेको पाईएको छ ।

हुसैनले इलाका प्रशासन कार्यालय रंगेलीबाट ०५०२७४–०४७६२ नम्बरको नागरिकता प्रमाणपत्र लिएका छन् । २०७४ साल माघ १७ गते नेपाली नागरिकता लिएका हुसैनले  उनले आफ्नो जन्ममिति २०५४ साल भदौ २३ गते उल्लेख गरेका छन् । हुसैनले आफ्नो नागरिकतामा आफ्नो ठूलोबुवाको छोरा आनाबारुल मियाँलाई बाबु बनाएर नागरिकता बनाएका हुन् । आनाबारुल मियाँ अहिले दिल्लीमा बस्दै आएका छन् ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सञ्जीबवावु खड्काका अनुसार हुसैनमाथि झुठा विवरण पेश गरी नेपाली नागरिकता बनाएको उजुरी परेको त्यस सम्बन्धमा छानविन भैरहेको बताएका छन् । झुटा विवरण दिएर नागरिकता बनाउनेलाई सहयोग गर्ने वडा अध्यक्षलाई कार्वाही अघी बढाउने बारेमा भने प्रहरीले केहि बताएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ