arrow

विश्वकपमा नेयमारमाथिको भरोशा कम गर्दै ब्राजिल 

logo
प्रकाशित २०७५ जेठ ९ बुधबार
neymar3.jpg

काठमाडौं । ब्राजिलको लागि सबैभन्दा बढी अपेक्षा गरिएका खेलाडी हुन् नेयमार । विश्वको सबैभन्दा महँगा फुटबलरमाथिको अपेक्षा बढी हुनु पनि स्वाभाविक नै हो । ब्राजिल भने आफ्नो टोलीमा उनीमाथिको अपेक्षा कम गर्ने दिशामा अघि बढिरहेको छ । 

नेयमार अहिले आफ्नो खुट्टाको अपरेसन सफल भएपछि पुनः मैदानमा फर्किने तयारीमा रहेका छन् । सोमबार नेयमारले आफ्नो टोलीका अन्य साथीहरुसँग आफ्नो स्वास्थ्य परीक्षण गराए । रियो दि जेनेरियो नजिकै रहेको एक क्याम्पमा उनीहरुको स्वास्थ्य परीक्षण गरिएको हो । 

नेयमार अहिले ब्राजिलको टोलीका प्रशिक्षक टाइटसँग वार्ता गर्न जाँदैछन्, जो मुलुकको सबैभन्दा महत्वपूर्ण स्ट्राइकरमाथि कुनै पनि किसिमको दबाब बनाउन चाहँदैनन् । सोमबार उनले अन्य १६ ब्राजिलियन खेलाडीहरुसँग केही समय तालिम पनि गरेका थिए । अहिले आफूहरुले नेयमारलाई आत्मविश्वास बढाउनका लागि केही समय दिइरहेको ब्राजिलको फुटबल संघका अधिकारीहरुले बताएका छन् । 
यसले उनीमाथिको दबाब पनि कम हुने र आफ्नो पूर्ण खेल पस्किनसक्ने पनि बताइएको छ । 

गएको फेब्रुअरीयता उनको दायाँ खुट्टामा देखिएको समस्याको कारण उनी कुनै पनि खेलमा सहभागी भएका छैनन् । र्माच ३ मा उनको एक सर्जरी गरिएको थियो र उनी एक साताअघि मात्र फ्रान्समा तालिमको लागि फर्किएका थिए । ब्राजिलका फुटबल अधिकारीहरुले नेयमारले टोलीको लागि शतप्रतिशतको नतिजा दिनु जरुरी रहेको तर आफूहरु अहिले टोलीका अन्य सदस्यहरुको विषयमा पनि सोचिरहेको बताए । 

आगामी जुन ३ मा हुन गइरहेको क्रोएसिया विरुद्धको मैत्रीपूर्ण खेलमा उनले ४५ मिनेट मात्र खेल्नसक्ने बताइएको छ । रुस विश्वकपभन्दा अगाडि ब्राजिलले दुई मैत्रीपूर्ण खेल खेल्नेछ । दोस्रो खेल भने जुन १० मा अष्ट्रियाविरुद्ध खेल्नेछ । ब्राजिल यस पटक विश्वकपमा सुरुवात पनि निकै राम्रो गर्ने तयारीका साथमा अघि बढिरहेको कारण सुरुवाती दुई खेलहरु टोलीको लागि महतवपूर्ण हुने अधिकारीहरुले बताएका छन् । 

जुन १७ मा ब्राजिलले स्विट्जरल्याण्डको विरुद्ध पहिलो  खेल खेल्नेछ । उसको समुहमा रिसवट्जरल्याण्डका साथै कोस्टारिका र सर्बिया रहेका छन् । लेफ्ट ब्याक मार्सेलो, मिडफिल्डर क्यामिरो र स्ट्राइकर रोबर्टो फिर्मिनो आगामी सोमबार लण्डनमा मात्र टोलीमा फर्किनेछन् । 

रियल मड्रिड र लिभरपुलको च्याम्पियन्स लिगको फाइनल आउन लागेको कारण उनीहरु उक्त खेलको लागि व्यस्त देखिएका हुन् । बुधबार ब्राजिलको पहिलो चरणको तालिम सुरु हुनेछ ।

Neymar hasn't played since late February when he cracked the fifth metatarsal in his right foot

Neymar was greeted by staff at the Granja Company training centre upon his arrival

Neymar arrived via a helicopter as he steps up his bid to be firing for the World Cup

Neymar and Renato Augusto (right) pictured en route to the training session

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ