arrow

प्रधानसम्पादक दवाडीलाई मार्ने धम्की दिएकोप्रति आपत्ति

logo
प्रकाशित २०७५ जेठ ९ बुधबार
damodar-dawadi.jpg

काठमाडौं । लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष तथा नयाँ विकल्प राष्ट्रिय साप्ताहिकका प्रधानसम्पादक दामोदरप्रसाद दवाडीलाई समाचारको विषयलाई लिएर मार्ने धम्की आएको छ । 

सोमबार नयाँ विकल्प साप्ताहिकमा प्रकाशित र नयाँ विकल्प डट कममा प्रशारित समाचारको बिषयलाई लिएर झापास्थित गौरादह नगरपालिका वार्ड नं एकका वडा अध्यक्ष नगेन्द्र भण्डारी र स्थानिय सडक उपभोक्ता समितिका अध्यक्ष देबेन्द्र खड्काले ज्यान मार्ने धम्की दिएका हुन् । 

यो धम्कीप्रति नेपाल प्रेस युनियनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

‘अर्थमन्त्रीको गृहनगरमै अनियमितता छचल्कियो’ भन्ने समाचारमा गौरादह बजारदेखि बैगुनधुरा जाने सडक पिच गर्नको लागि ग्राभेल नगरेको र पुरानो पिचमाथि बालुवा हालेर सडक पिच गर्न खोजेपछि स्थानीयले बिरोध गरेको बिषयमा समाचार प्रकाशित भएपछि आत्तिएका वडाध्यक्ष भण्डारी र उपभोक्ता समितिका अध्यक्ष खड्काले सम्पादक दवाडीलाई ज्यान मार्ने धम्की दिएका हुन् ।

पूर्वसभासद दिपक कार्की र वडा अध्यक्ष भण्डारीले समाचारको स्रोत खोल्न दबाब दिँदै समाचारको स्रोत नखोले र संवाददाताको पहिचान नखोले राम्रो नहुने भन्दै धम्क्याएको दवाडीले बताएका छन् ।

खड्काले  ‘राजा ज्ञानेन्द्रलाई त फालियो, तिमीहरु जस्ता पत्रकारलाई कहाँ फाल्नु पर्छ, हामीलाई थाहा छ । एक महिना भित्र काठमाडौं आएर देखाई दिन्छौं’ भनेर ज्यान लिने समेत धम्की दिएका हुन् ।

नेपाल प्रेस युनियनले समाचार प्रकाशन भएकै आधारमा समाचार संस्थाहरुमा फोन गरि सम्पादक तथा अन्य पत्रकारको ज्यान लिने धम्की दिने कार्यको कडा शब्दमा निन्दा गरेको छ ।

आफ्नो कर्तुत लुकाउन पत्रकारहरुलाई धम्क्याउने कार्य लोकतान्त्रिक समाजमा स्विकार्य हुन सक्दैन भन्दै युनियनका महासचिव अजयबाबु शिवाकोटीले विज्ञप्ति जारी गर्दै पत्रकारको ज्यान लिने धम्की दिने भण्डारी र खड्कालाई तत्काल कानुन बमोजिम कारबाही गर्न र पत्रकार दवाडीको जीउधनको सुरक्षा गर्न माग गरेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ