arrow

घुस लिदै गरेको अवस्थामा जिशिसस प्रमुख पक्राउ

logo
प्रकाशित २०७५ जेठ ९ बुधबार
pakrau-new.jpeg

इटहरी ।  सेवाग्राहीसँग घुस लिदालिदैं गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्र सुवेदीलाई इनरुवाबाट नियन्त्रणमा लिएको छ ।

जिल्लाकै एक आधारभूत विद्यालयका शौचालय निर्माण र त्यसको पर्खाल लगाउने विषयमा जिल्ला समन्वय समितिबाट सहयोग रकम उपलब्ध गराउने सर्तमा ५० हजार घुस रकम लिदालिदैं उनलाई आयोगका टोलीले नियन्त्रणमा लिएको इटहरीस्थित आयोग कार्यालयका प्रवक्ता नरेन्द्र्र भट्टराईले जानकारी दिए ।

आवश्यक सोधपुछ एवं थप अनुसन्धानका लागि उनिलाई इटहरीस्थित आयोगको कार्यालयमा ल्याउने तयारी भईरहेको पनि प्रवक्ता भट्टराईले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ