arrow

बेग्लै बेग्लै सवारी दुर्घटनामा दुईको मृत्यु

logo
प्रकाशित २०७५ जेठ ९ बुधबार
accident-final.jpeg

काठमाडौं । बेग्लै बेग्लै सवारी दुर्घटनामा दुई   मृत्यु जनाको भएको छ । बुधवार पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङस्थित हुग्दी खोलामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
 
काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख १५६८ नंको ट्रक खोलामा दुर्घटना हुँदा ट्रकमा सवार नवलपरासी मध्यविन्दु नगरपालिका– १० वस्ने २३ वर्षीयय शेरबहादुर सोमई मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय धादिङका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए । घाइते दुई जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौँ पठाइएको छ ।

त्यस्तै  सप्तरी बेल्ही चपेना गाउँपालिका– १ मा ट्र्याक्टरको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । मृत्युहुनेमा स्थानीय जीतन यादवको ११ वर्षीय छोरा ब्रम्हदेव यादव रहेका छन ।  स १ त ५०८४ नं को ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका यादवको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ट्याक्टर प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेकाले उनको खोजी भइरहेको जिप्रकाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ