arrow

अर्थमन्त्रीको चरित्र : आफु चाहिँ शेयरमा लगानी गर्ने अरुलाई नगर भन्ने ?

logo
प्रकाशित २०७५ जेठ ९ बुधबार
khatiwada1.JPG

काठमाडौं । शेयर बजारप्रति अनुदार देखिँदै आएका अर्थमन्त्री डा. युवराज खतिवडा आफुले भने हजारौं कित्ता शेयर किनेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सावल सहकारी संस्थाको मात्रै ५ हजार कित्ता शेयर आफ्नो नाममा रहेको सम्पत्ति विवरणमा खुलाएका छन् । 

हेर्नुस् अर्थमन्त्रीले पेश गरेको सम्पत्ति विवरणको अंश :

गत फागुुन तेश्रो साता मात्रै अर्थमन्त्री खतिवडाले शेयर बजार अनुत्पादक क्षेत्र हो भन्दै निरुत्साहित गर्नु पर्ने अभिव्यक्ति दिएका थिए । काठमाडौंमा लहडका भरमा शेयरमा लगानी नगर्न सर्वसाधारणलाई आव्हान गरेका अर्थमन्त्री खतिवडाले, बिराटनगर पुुगेर पनि त्यही अभिव्यक्ति दोहोर्याए । उनले भनेका थिए, ‘हामीले शेयर बजारलाई आफ्नै बाटोमा हिँड्न दिएका छौं । हस्तक्षेप गरेका छैनौँ । तर, बजार घटेको छ ।’ खतिवडाले शेयर बजार अस्वभाविक रुपमा बढाइएको र अहिले शेयरको बढी आपूर्ति भएका कारण घटनु अनौठो होइन पनि भने । 

त्यसो त उनी राष्ट्र बैंकको गभर्नर हुँदा घरजग्गा र सेयर कारोबार अनुत्पादक भन्दै कडाई गरेका थिए । अर्थमन्त्री भएपछि पनि उनले त्यसलाई अनुत्पादक क्षेत्रमै राखि कडाई गरिने चेतावनी दिए । उनले रेमिट्यान्स भित्र्याएर मात्रै देशमा देखिएको तरलता समाधान नहुने बरु त्यसका लागि अन्तर्राष्ट्रिय बजारबाट पूँजी भित्र्याउनुपर्छ भने । साथै त्यसरी भित्रिएको पूँजी घरजग्गा, सेयरबजार, अटो तथा अन्य “फजुल” खर्चमा उपभोग गर्न हुँदैन पनि भने । 

खतिवडा अर्थमन्त्री बने लगत्तै नेपाली पूँजीबजारमा गम्भीर असर देखा परेको छ । फागुन २० गते आइतबार त शेयर बजार परिसूचक नेप्से पछिल्लो एक वर्षकै कमजोर विन्दूमा झरेपछि लगानीकर्ता रिसाए ।  त्यो दिन  नेप्से सूचक ४१ दशमलव ५६ अंक अर्थात ३ दशमलव ०९ प्रतिशतले घटेर १३०४ दशमलव ४३ अंकमा बन्द भएको थियो, जुन पछिल्लो एक वर्षकै कमजोर बिन्दुमा रेकर्ड थियो । 

एकातिर अनुत्पादक क्षेत्र हो भन्दै सर्वसाधारणलाई शेयरमा लगानी गर्न निरुत्साहित गर्ने अर्थमन्त्री खतिवडा आफैंले शेयरमा लगानी गरेको विवरण सर्वाजनिक हिम्मत भने गरेका छन् । अर्थमन्त्री खतिवडा अब सर्वसाधारणले शेयरमा लगानी गर्ने कि नगर्ने त ? कि शेयरमा लगानी गर्ने चाहिँ मन्त्री, दलका नेता, कारोबारी व्यवसायीले मात्रै हो ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ