arrow

थप उपचारका लागि राष्ट्रकवि घिमिरेलाई भारत लगियो

logo
प्रकाशित २०७५ जेठ ९ बुधबार
madhab-ghimire.jpg

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आज थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ । उनको सानो आन्द्राबाट आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा नै थप उपचारका लागि नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा लगिएको उनकी छोरी उषा अधिकारीले जानकारी दिइन् ।

वैशाख २८ गते धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहेकाराष्ट्रकवि घिमिरेको रक्तस्राव नरोकिएपछि अपराह्न ५ बजे जेट एयरको विमानमार्फत भारत लगिएको उनले बताइन् ।

राष्ट्रकविको घिमिरेको सानो आन्द्राबाट भइरहेको रक्तस्रावको ठाउँ पत्ता लगाउन नसक्दा थप उपचारका लागि भारत लैजानु परेको उपचारमा संलग्न चिकित्सक डा विवेक शर्माले बताए । घिमिरेका साथमा उनका छोरा इन्दीवर र ग्राण्डी अस्प्तालका चिकित्सक डा रोहित चौधरी भारत गएका छन् ।  

करिब चार महिनादेखि अस्वस्थ हुँदै आएका घिमिरेलाई मेडिसिटी अस्पताल र ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ