arrow

बलात्कारको दुई महिनापछि आरोपित पक्राउ

logo
प्रकाशित २०७५ जेठ ९ बुधबार
pakrau-new.jpeg

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले १५ वर्षीया एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ५ बस्ने २३ वर्षीय सुजन खत्रीलाई गत चैत १२ गते किशोरीलाई आफ्नै घर कोठामा बोलाएर डर, त्रास र धम्की दिई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरी आजै मुद्दा चलाएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए ।

किशोरी गर्भवती भएको र सात हप्ताको बच्चा गर्भमा रहेको परिवारले थाहा पाएपछि खत्रीविरुद्ध परिवारले किटानी जाहेरी दिएका थिए । बलात्कार भएको दुई महिनापछि प्रहरीले आरोपितलाई पक्राउ गरी मुद्दा दर्ता गरेको हो ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ