arrow

भुमिगत रुपमै माओवादीका ५ सय कार्यकर्ता नेकपामा भित्र्याए विप्लवले

logo
प्रकाशित २०७५ जेठ ९ बुधबार
cpn-karnali-party-pravesh.jpg

सुर्खेत। एमाले र माओवादी केन्द्र मिलेर शक्तिशाली कम्युनिष्ट पार्टी नेकपा ड्यास गठन भएको बताइरहँदा त्यो शक्तिशाली पार्टी छोडेर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा जाने लहर पनि कर्णाली क्षेत्रमा देखिएको छ। 

नेकपा कर्णालीका अनुसार नयाँ बनेको नेकपा ड्यास बन्नु अघिदेखि बनेपछि पनि विप्लव नेतृत्वको पार्टीमा प्रवेशको लहर चलेको छ। 

नेकपा कर्णाली व्यूरोका अनुसार केहि दिनयता पार्टीमा पुरानो नेकपा एमाले र नेकपा माओवादी केन्द्रका  करिव ५ सय कार्यकर्ता प्रवेश गरेका छन्। 

एकिकृत जनजागरण अभियान अन्तर्गत कालिकोट मुगु र जुम्लामा पार्टी प्रवेश भएको कर्णाली व्यूरोले जनाएको छ। 

कालिकोटमा ३ सय २० जुम्लामा १ सय ८० र मुगुमा १ सय २३ जनाले नेकपामा प्रवेश गरेको बताइएको छ। 

पार्टी प्रवेश गर्नेहरु केहि एमाले जनमोर्चा र अन्य पार्टीका भएपनि करिव ५ सय जति चाहि पुराना माओवादी केनत्द्रसँग आवद्ध रहेको नेकपा कर्णाली व्यूरोले जनाएको छ। 

नवप्रवेशीहरुलाई जिल्लाका नेताहरुले स्वागत गरेका थिए भने विप्लवले उनीहरुलाई पार्टीमा प्रवेश गरेकोमा सन्देश पठाइ स्वागत गरेका थिए। विप्लव भने भुमिगत छन्। उनले भुमिगत रुपमै नवप्रवेशीहरुलाई स्वागत गरेका थिए। उनले नवप्रवेशीहरुलाई जनताको मुक्तिका लागि जनताकै बीचमा रहेर काम गर्न निर्देशन समेत दिएको नेकपाको कर्णाली व्यूरोले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ