arrow

३३ किलो सुन तस्करीका मुख्य आरोपी ‘गोरे’को बयान, सुरक्षा माग

logo
प्रकाशित २०७५ जेठ १० बिहिबार
gore1.jpg

विराटनगर । त्तेतीस किलो सुन तस्करीको प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’को जिल्ला अदालत मोरङमा बुधबारदेखि प्रारम्भिक बयान शुरु भएको छ । 

सुन तस्करी र शाक्यको हत्याको सम्बन्धमा घटेका सबै घटनाको सम्बन्धमा क्रमिक रुपमा बयान लिने कार्य भइरहेकाले केही दिन अझै बयान लिने कार्य जारी रहने अदालतको स्रोतले जनाएको छ । 

गोरेलाई मंगलबार काठमाडौँमा प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेपछि जिल्ला अदालत मोरङमा बयानका लागि मंगलबार नै विराटनगर ल्याइएको हो । आजदेखि उनको बयान लिने कार्य शुरु भएको छ । 

सुन तस्करी, सांगठनिक अपराध र हत्याको घटनाको सम्बन्धमा प्रहरीले ६३ जनामाथि मुद्दा दर्ता गरेकामा पक्राउमा परेका ३० जनामध्ये मंगलबारनै अदालतले २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको छ । 

यता, गोरेले आफूमाथि ज्यानमार्ने खतरा रहेको भन्दै सुरक्षा माग गरेका छन् । उनले आफूलाई कारागारमै मार्ने योजना रहेको जानकारी पाएकाले सुरक्षा माग गरेका हुन् । सुनकाण्डमा उच्चतहका अधिकारीहरु पनि रहेकाले उनीहरुको पोल खोलिने डरले पनि गोरेमाथि हत्या हुने सम्भावना रहेको बताइन्छ । 

यो समाचार पनि पढ्नुस्– 

आफ्नो हत्या हुने आशंका पछि 'गोरे'को आत्मसमर्पण !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ