हाम्रा साथी जेलमा छन् के आधारले जाने सरकारमा ? – महेन्द्रराय यादव
प्रकाशित २०७५ जेठ १० बिहिबार
855
Shares
काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता महेन्द्रराय यादवले आफ्ना साथीहरु जेलमा रहेको अवस्थामा के मुखले सरकारमा जाने भन्दै टिप्पणी गरेका छन् ।
‘केपी शर्मा ओली नेतृत्वको सरकारले राजपाका नेताहरुमाथि धरपकड सुरु गरेको र सांसदकै मुद्धा अदालतमा रहेको अवस्थामा कठोर सरकारसंग कुन मुखले सहभागी हुन जाने ?’, उनले भने ।
यादवले एमालेकै कारण विगतमा संविधान संशोधन हुन सकेन भन्दै संविधान संशोधन नभएसम्म के आधारले सरकारमा जाने भन्दै उल्टै प्रतिप्रश्न गरेका छन् ।
यादवले आफूहरुको मुख्य माग नै संविधान संशोधन भएकाले यो माग पूरा नभएसम्म सरकारमा नजाने स्पष्ट पारे ।
राजपाका केही नेताहरु सरकारमा जान लालायित भएको सन्दर्भमा नेता यादवले भने नागरिकताको मुद्धा समेत सम्वोधन नभएका अवस्थामा जनताले हामीलाई सरकारमा जान पठाएको नभइ माग पूरा गर्न जिताएका हुन् भने ।
उनले मधेश आन्दोलनका क्रममा थुप्रैको ज्यान गएको र सयौं घाइते भएको सन्दर्भ कोट्याउँदै यो दृष्य सम्झेर पनि सरकारमा तत्काल जान नसकिने स्पष्ट पारे ।