arrow

नेविसंघ इलाममा दुलाल

logo
प्रकाशित २०७५ जेठ १० बिहिबार
nebisangh-bidad.jpg.jpeg

काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघको ईलाम–काठमाडौं सम्पर्क समितिको अध्यक्षमा यादवराज दुलाल चयन भएका छन् । काठमाडौंको बाल्मिकी क्याम्पसमा भएको भेलाबाट अधिकांश विद्यार्थीहरुको सहमति र भावना अनुसार दुलाललाई अध्यक्षको जिम्मेवारी दिइएको नेविसंघ केन्द्रीय कार्यालयले जनाएको छ । 

उपाध्यक्षमा लेखनाथ काफ्ले, सिजन तुम्बाम्पो, लोकेन्द्र दुधराज र दिपेन्द्र पराजुली रहेका छन् । सचिवमा दिनेश कट्टेल र साजन अधिकारी, सहसचिवमा बिपी नेपाल र सुजन अधिकारी, कोषाध्यक्षमा दिपिका गुरुङ रहेका छन् । त्यसैगरी २६ जना सदस्यहरु चयन भएका छन् । 

सो कार्यक्रममा नेविसंघका केन्द्रीय उपाध्यक्ष नविन राईले कुनै विवाद छ भने समेटेर अगाडि बढ्न नेतृत्वलाई सुझाव दिएका छन् । 

कार्यक्रममा केन्द्रीय सदस्यहरु प्रेमिका राना मगर, लिखित श्रेष्ठ, ईलाम नेविसंघका पूर्व अध्यक्ष विष्णु कार्की, कार्यबाहक अध्यक्ष प्रकाश भट्टराई, निवर्तमान अध्यक्ष राजेन्द्र बास्तोला लगायतको उपस्थिति रहेको थियो । 

No automatic alt text available.

No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ