पूर्वराजाको पूर्व भ्रमण, शंकराचार्यसंगको भेट फलदायी, के भयो त्यस्तो ?
प्रकाशित २०७५ जेठ १० बिहिबार
720
Shares
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह गत बैशाख ३० गतेदेखि पूर्व भ्रमणमा रहेका छन् । यो क्रममा उनले विभिन्न जिल्लामा मन्दिर दर्शनका साथसाथ त्यहाँका राजावादीहरुसंगको छलफललाई तीव्र पारेका छन् ।
उनी बुधबार पर्साको बिर्तामाईको दर्शन गर्न गए भने शुक्रबार रौतहट जाँदैछन् । उनको भ्रमणको उद्धेश्य राजावादीहरु संगठित गर्नु हो ।
पूर्वराजा निकट स्रोतका अनुसार यसपटक पूर्व भ्रमणले राजावादीहरु धेरै आशावादी हुने सम्भावना बढाएको छ ।
तराईमा पहिलेदेखि नै राजाप्रति सम्मान व्यक्त गर्ने गर्दथे । पूर्वराजा जहाँ जहाँ जान्छन् त्यहाँ राजा आउ देश बचाउ भन्ने नारा लागेको छ ।
फलदायी स्वामी शंकराचार्यसंगको भेट
पूर्वराजा निकट स्रोतका अनुसार गोवद्र्धन मठ, पुरीका पीठाधीश जगतगुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीसंगको भेट पूर्वराजाका लागि निकै फलदायी भएको छ । शंकराचार्यले राजसंस्था जगाउन र नेपाललाई हिन्दू धर्मको एक मात्र देश बनाउन विशेष पहल चलाउने आश्वासन दिएका छन् ।
स्रोत भन्छ, ‘शंकराचार्यको त्यो बोलीमा निकै दम थियो, आत्मविश्वास थियो, त्यो आत्मविश्वासले पूर्वराजामा पनि देशका लागि फेरि योगदान दिने बेला आएको महसुस गराएको छ ।’
शंकराचार्यले एउटा सूत्र भने दिएका छन् –जुन कारणले नेपालबाट राजसंस्थाको अन्त्य भयो त्यो पत्ता लगाउनु । शंकराचार्यले यो जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि दिएको बताइन्छ ।
उच्च स्रोतका अनुसार ओली यसमा सकारात्मक छन् । शंकराचार्यले जनता तथा धेरैजसो नेताहरु नेपालमा राजसंस्था र एक मात्र विश्वको हिन्दू राष्ट्रका लागि पहल थालेको समेत बताएका छन् ।
शंकराचार्यसंग पूर्वराजाको वान–टु–वान वार्ता
पूर्वराजाले शंकराचार्यसंग वान–टु–वान वार्ता गरेका थिए । लामो समयको त्यो वान टु वान वार्तापछि पूर्वराजाको अनुहारमा फरक किसिमको चमक आएको पूर्वराजा निकट स्रोत बताउँछ ।
पूर्वराजा शंकराचार्यको भेटपछि आश्वस्त भएको समेत बताइन्छ । उनको पूर्व भ्रमण कहिलेसम्म हुने भन्ने बारेमा शुक्रबार साँझतिर मात्र निक्र्योल हुनेछ ।