arrow

नेपाल कम्युनिष्ट पार्टीको बैठकमा सदस्यलाई नागरिकता बोकेर आउन उर्दी, किन ? 

logo
प्रकाशित २०७५ जेठ १० बिहिबार
nekapa.JPG

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको पहिलो केन्द्रीय समितिको बैठक अपरान्ह काठमाडौंमा बस्दैछ । विघटित नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समितिलाई पूर्णता दिएपछि ४४१ सदस्यीय केन्द्रीय समितिको बैठक अपरान्ह पहिलो पटक बस्न लागेको हो । 

जेठ ३ गते भएको एकतापछि केन्द्रीय समितिले पूर्णता पाउन केही समय लागेको हो । नेकपाले ४४१ सदस्यीय केन्द्रीय समिति, ४५ सदस्यीय स्थायी कमिटि र ९ सदस्यीय सचिवालय गठन गरिसकेको छ । 

नागरिकता लिएर आउन उर्दी 
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बस्ने बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गर्ने कार्यक्रम छ । यही संवोधनमै केन्द्रीय सदस्यहरुलाई अबको कामका लागि निर्देशन दिइने समेत बताइएको छ । 

तर अचम्म यो पहिलो बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरुलाई अनिवार्य रुपमा नागरिकतासहितका विवरण ल्याउन पनि भनिएको छ । सदस्यहरुबीच आपसमा परिचय गर्नुका साथै निर्वाचन आयोगको प्रक्रियाका लागि हस्ताक्षरसहितका कागजात संकलन गर्ने नेकपाको योजना छ । 

बैठकमै अनिवार्य नागरिकता सहित उपस्थित हुन दिइएको उर्दीले भने ठूलो हुल र भीडजस्तै गरी गठित भएको केन्द्रीय समितिका कतिपय सदस्यहरुको वास्तविक परिचय नै पत्तो नभए जसरी रुजु गर्नका लागि नागरिकता बोकेर आउन भनेजस्तो अनुभूति केही सदस्यहरुले गरेका छन् । 

एक सदस्यले ठट्टा गर्दै भने, ‘रासन कार्ड दिने जस्तै गरी नागरिकता लिएर जानु पर्ने भयो ।’

आश्चर्य त के भने यो बैठक पार्टी कार्यालयमा बस्दै छैन । प्रधानमन्त्रीको सरकारी निवासमा बस्दै गरेकाले त्यहाँ कागजातसहित पुग्नु अलि अनौठो हो । केन्द्रीय समिति बैठक नै प्रधानमन्त्री निवासमा बस्दै गर्दा प्रधानमन्त्री ओलीले पार्टी नै प्रधानमन्त्री निवासबाट चलाउन खोजेको देखिन्छ । 

किन चाहियो नागरिकता ? 

निर्वाचन आयोगले केन्द्रीस्य सदस्यहरुको नागरिकतासहितको विवरण बुझाउन ताकेता गरेपछि उनीहरुलाई नागरिकतासहित आउन सूचना जारी गरिएको हो ।

नेकपाको केन्द्रीय समितिमा ४ सय ४१ जना सदस्य रहे पनि ६ जनालाई स्थायी आमन्त्रित सदस्यका रुपमा बैठकमा बोलाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ