arrow

तरुण दलका नेताको प्रश्न - खुट्टा तानातान गरेपछि पार्टी कसरी सफल हुन्छ?

नेपाल तरुण दलको जिल्ला भेला लिबाङमा

logo
प्रकाशित २०७५ जेठ १० बिहिबार
Tarun-Dal.jpg

 लिबाङ (रोल्पा)। नेपाल तरुण दल गुटउपगुटमा विभाजित नभएको नेपाल तरुण दलका कार्यवाहक अध्यक्ष तिलबहादुर बुढाथोकीले जानकारी दिएका छन् ।  उनले भने तरुणदल समूद्र हो । यसमा सबै अट्न सक्छ तर तरुण दलमा आबद्ध हुनका लागि सबैमा महत्वपूर्ण कुरा अनुशासनको अत्यन्त जरुरी हुन्छ ।
 
“राष्ट्रियता, लोकतन्त्र र समाजबाद प्रति समर्पित तरुण दल” भन्ने मूल नाराका साथ यसैसाता रोल्पाको लिबाङमा सम्पन्न जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले पार्टी संकटमा पर्दामात्र तरुण दललाई जागरुक बनाउने प्रचलनलाई परिमार्जित गर्दै अगाडि बढ्नुपर्ने सुझाव दिए । उनले जिल्लाका नेताहरु एकजुट भएमात्र आफूहरुको आत्मवल बढ्ने बताए ।  जिल्ला स्तरका नेताहरुतर्फ इगित गर्दै उनले भने 'तपाँईहरु एक आपसमा खुट्टा तानातान गर्नुहुन्छ अनि कसरी पार्टी सफल हुन्छ?' विगतका गल्ती कमजोरी कोट्याएर होइन वर्तमानलाई ध्यान दिदै एक ढिक्का भई अघि बढ्न उनको सरोकारवाला सबैलाई सुझाव छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति तथा पूर्व सिंचाइ राज्य मन्त्री अमरसिंह पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुनले विगतमा देश जटिल मोडमा जाँदा नेपाली कांग्रेसले नेतृत्व गरेको स्मरण गर्दै नेपाली कांग्रेसले गरेको कामका बारेमा जनतालाई बुझाउन नसक्नु आफूहरुको ठूलो कमजोरी भएको उनले स्वीकारेका छन् ।  

कार्यक्रममा पूर्व सहायक मन्त्री भीमकुमारी बुढा, नेपाली कांग्रेसका पूर्व सांसद लेखनाथ आचार्य, नेपाली कांग्रेस रोल्पाका निवर्तमान सभापति कृष्णबहादुर घर्तीमगर, पूर्व सभापति माधवप्रसाद आचार्य, नेपाली कांग्रेस क्षेत्र नं १ का समापति सिमबहादुर विष्ट, २ का सभापति गोपाल घर्तीमगर, लुंग्री गापाका प्रमुख दुर्गाबहादुर खड्का, युवा नेता जितविक्रम मल्ल , नेपाल प्रेस युनियन रोल्पाका अध्यक्ष कविता उपाध्याय, नेकां. महासमिति सदस्य नारायणप्रसाद सुवेदी, नेविसंघका अध्यक्ष शेरबहादुर थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

 बाम कार्यक्रममा रुन्टीगढी ४ रोल्पाका नेकपा एमाले युथफोर्स इकाइ अध्यक्ष दिपेन्द्र घर्ती बाम एकताबाट असुन्तुष्ट भएको भन्दै नेपाल तरुण दल रोल्पामा प्रवेश गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ