arrow

कालीगण्डकीमा नुहाउने क्रममा दुई युवा बेपत्ता, दुईको उद्धार

logo
रामचन्द्र रायमाझी, सीता डोटेल
प्रकाशित २०७५ जेठ १० बिहिबार
download._.jpg

पाल्पा ।  पुजा सकेर कालीगण्डकी नदीमा पौडि खेल्ने क्रममा बगेर दुई युवा बेपत्ता भएका छन् । विहिबार नुहाउने क्रममा बगनासकाली गाउँपालिका ६ यम्घा नजिकैको कालीगण्डकीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय पाल्पाका प्रहरी नायक उपरिक्षक विनोद घिमिरेले जानकारी दिए ।

उनका अनुसार कुल पूजा सकेर नुहाउन  गएका चार जना मध्ये दुई जना बेपत्ता भएको र दुई जनाको नदीबाटै उद्धार गरिएको छ ।  बेपत्ता हुनेमा बगनासकालि गाउँपालिका ६ यम्घाका २५ वर्षीय गोविन्द्र परियार, २४ वर्षीय चन्द्र बहादुर परियार रहेका छन् ।

 त्यस्तै उद्धार गरिएका सोही स्थानका २२ वर्षीय विजय परियार, १८ वर्षीय सागर परियार रहेको प्रहरी उपरिक्षक घिमिरेले जानकारी दिए । उद्धार गरिएका दुई युवकको अवस्था मध्यम रहेको र उनीहरुलाई उपचारका लागि  लुम्विनी मेडिकल कलेज प्रवासमा ल्याइएको प्रहरीले जनाएको छ । बेपत्ता भएका युवाहरुको खोजी कार्य भइरहेको उपरिक्षक घिमिरेले बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ