arrow

पानी पनि भन्न नपाइ गयो आमा छोराको प्राण, फरार ट्रिपर ड्राइभर पक्राउ

केटीले चलाएको देखेर डिस्टर्व गर्दा स्कुटर पल्टिएपछि ट्रिपरले दियो ठक्कर, गयो ज्यान

logo
प्रकाशित २०७५ जेठ १० बिहिबार
death-accident-scooter-tripper.jpg

भक्तपुर। दोलखा मेलुङ घर भई हाल मध्यपुर थिमी–१ बस्ने वर्ष ४२ का सविता घिमिरे र उनकै छोरा १३ वर्षीय अरविन घिमिरे सदा झै घर फर्किने क्रममा थिए। एकजना लोकन्थलीका आफन्त ५० वर्षीय हरिबहादुर कटुवाल पनि उनीसँगै थिए। स्कुटरमा बीचमा छोरालाई राखेर तीनजना नलिन्चोकको आफन्तकहाँबाट मध्यपुर निवासतर्फ गइरहेका थिए। 

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोकमा उनीहरुको स्कुटर यात्रा नै अन्तिम यात्रा भयो। सडक नै आफ्नै जस्तो गरेर चलाउने ट्रिपर ड्राइभरको आतंकको शिकार ती तीनजना हुनुपर्‍यो। अझ महिलाले चलाएको सवारी देखेपछि जिस्कयाउने डिस्टर्व गर्न खोज्ने ट्रिपर ड्राइभरहरुको खराव नियत उनको हकमा देखियो। केहि परबाटै डिस्टर्व गर्ने नियतले आएको ड्राइभरले छेउमै आएर हर्न बजाएपछि आत्तिएकी सविताले स्कुटर थेग्न सकिनन्। स्कुटर अड्ने अवस्थामा नदेखेपछि छेउतिर लाउने सविताको प्रयास डाइभरले ठक्कर दिएपछि सफल हुन पाएन। उल्टो ड्राइभरले घटनास्थलमै ज्यान लिने गरि उनीहरुलाई ठक्कर दियो। आमा छोरा मात्र हैन अर्का आफन्तले पनि पानी पनि भन्न नपाइ प्राण छोडे। 
  
तीनजनाको ज्यान लिएको ड्राइभर त्यहाँबाट फरार भयो। सो फरार ड्राइभर बिहिवार पक्राउ परेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी कृष्ण प्रसाईंका अनुसार धादिङ थाक्रे घर भई हाल थानकोटमा बस्ने ३० वर्षीय सञ्जीव सुचिकारलाई गएराति नियन्त्रणमा लिइएको हो। पक्राउ परेका चालक सुचिकारलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रसार्इंले बताए । सुचिकारले शुरुमा जिस्कदा जिस्कदै दुर्घटना भएको स्कीकारेको एक प्रहरी अधिकारीले बताएका छन्। 

काभ्रेबाट काठमाडौँतर्फ आइरहेको बा३ख ६६७४ नम्वरको ट्रिपरले सोही दिशामा आइरहेको बा५६प १२२७ नम्वरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीनैजनाको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ