arrow

कालीगण्डकीले बगाएका दुई युवा मध्ये एकको शव भेटियो

logo
रामचन्द्र रायमाझी, सीता डोटेल,
प्रकाशित २०७५ जेठ १० बिहिबार
kaligandaki-river.jpeg

पाल्पा । कालीगण्डकी नदीमा पौडिखेल्ने क्रममा बगेर दुई युवा बेपत्ता भएका छन् । बेपत्ता भएका मध्ये एक जनाको शव फेला परेको छ । विहिबार नुहाउने क्रममा बगनासकाली गाउँपालिका ६ यम्घा नजिकैको कालीगण्डकीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय पाल्पाका प्रहरी नायक उपरिक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार कुल पूजा सकेर नुहाउन गएका चार जना मध्ये दुई जना बेपत्ता भएको र दुई जनाको नदीबाटै उद्धार गरिएको छ ।  

बेपत्ता हुनेमा बगनासकालि गाउँपालिका ६ यम्घाका २५ वर्षीय गोविन्द्र परियार, २४ वर्षीय चन्द्र बहादुर परियार रहेका छन् । गोविन्द परियारको डुबेको स्थानबाट २ सय मिटर तल पानीमा डुवेको अवस्थाका प्रहरीले शव फेला पारेको हो । चन्द्र बहादुर परियारको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।  

त्यस्तै उद्धार गरिएका सोही स्थानका २२ वर्षीय विजय परियार, १८ वर्षीय सागर परियार रहेको प्रहरी उपरिक्षक घिमिरेले जानकारी दिए । उनीहरुको अहिले  लुम्विनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भइरहेको छ । दुवै जनाको अवस्थामा सामान्य सुधार आएको अस्पतालले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ