arrow

विश्वकप फुटबलमा गोल्डेन बल

logo
प्रकाशित २०७५ जेठ ११ शुक्रबार
golden-ball.jpg

काठमाडौं । रुसमा हुने विश्वकप फुटबल प्रतियोगिता आउन अब धेरै समय बाँकी छैन । यस्तो अवस्थामा रुस विश्वकपमा कुन खेलाडीको प्रदर्शन कस्तो रहने भन्ने विषयमा पनि चर्चा सुरु भइसकेको छ । विश्वकपमा सबैभन्दा राम्रो खेलाडीलाई सुनको बल अर्थात् गोल्डेन बल दिइँदै आएको छ । 

के छ त गोल्डेन बलको इतिहास ? 
गोल्डेन बलको सुरुवात सन् १९८२ को विश्वकपबाट सुरु भएको हो । यसअघिका विश्वकपहरुमा पनि उत्कृष्ट खेलाडीहरुको घोषणा हुने गरेको भए पनि गोल्डेन बल भने प्रदान गरिने गरिएको थिएन । यो व्यवस्थापछि भने विश्वकपमा उत्कृष्ट खेलाडीले गोल्डेन बल पाउने गरेका छन् भने दोस्रो र तेस्रो स्थानमा रहने खेलाडीले क्रमशः सिल्भर बल र ब्रोन्ज बल पाउने गरेका छन् । अहिलेसम्मका विश्वकपका उत्कृष्ट खेलाडीहरु यसप्रकार छन् – 

सन् १९८२ को विश्वकप प्रतियोगितामा इटालीका पाओलो रोस्सीले गोल्डेन बलको उपाधि पाएका थिए । स्पेनमा भएको प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । जसको कारण उनी गोल्डेन बल पाउने पहिलो खेलाडी बने ।

सन् १९८६ मा भएको विश्वकप प्रतियोगितामा भने अर्जेन्टिनाका डिएगो म्याराडोनाले यो उपाधि हासिल गरेका थिए । मेक्सिकोमा भएको विश्वकप प्रतियोगितामा म्याराडोनाले यो उपाधि हासिल गरेका हुन् । 

सन् १९९० को विश्वकपको उपाधि इटालीका साल्भाटोर स्किलाकीले हात पारेका थिए । घरेलु मैदानमा भएको विश्वकपमा उनले उत्कृष्ट खेलाडीको रुपमा रहँदै यो उपाधि हासिल गरेका हुन् । 

सन् १९९० को विश्वकप प्रतियोगिता अमेरिकाले आयोजना गरेको थियो । यो विश्वकप प्रतियोगितामा ब्राजिलका रोमारियोले गोल्डेन बल हासिल गरेका थिए ।

त्यसको चार वर्षपछि फ्रान्समा भएको विश्वकप प्रतियोगितामा ब्राजिलकै रोनाल्डोले यो उपाधि हासिल गरेका थिए । सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्तरुपमा विश्वकप प्रतियोगिता आयोजना गरेका थिए । यो विश्वकपमा जर्मनीका ओलिभर काहनले गोल्डेन बलको उपाधि हासिल गरेका थिए । 

सन् २००६ मा जर्मनीमा भएको विश्वकप प्रतियोगितामा फ्रान्समा जिनेदिन जिदान उत्कृष्ट खेलाडी घोषित भएका थिए । त्यसैगरी सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजना भएको विश्वकप प्रतियोगितामा उरुग्वेका डिएगो फोर्लान सबैभन्दा उत्कृष्ट खेलाडी चुनिएका थिए । 

ब्राजिलमा चार वर्ष अघि भएको विश्वकप प्रतियोगितामा अर्जेन्टिनाका लियोनेल मेस्सी उत्कृष्ट खेलाडी बन्न पुगेका थिए । 

यससँगै अहिलेसम्म जम्मा नौ वटा विश्वकपमा प्रदान गरिएको गोल्डेन बल इटाली, ब्राजिल, अर्जेन्टिनाका खेलाडीहरुले दुईपटक यो सफलता हासिल गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ