arrow

नेविसंघको खवरदारी जुलुस, यस्ता छन् विषय

logo
प्रकाशित २०७५ जेठ ११ शुक्रबार
nebisangh-bidad.jpg.jpeg

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले राजधानीमा खवरदारी जुलुस निकाल्ने भएको छ । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको संयोजन र नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला समितिको आयोजनामा शुक्रबार दिउँसो १२ः३० बजे विश्वभाषा कलेज प्रदर्शनी मार्गबाट जुलुस सुरु भई पुतलीसडक हुँदै त्रिचन्द्र क्याम्पसमा पुगेर कोणसभामा परिणत हुने काठमाडौंं जिल्ला समितिका अध्यक्ष मनोज वैद्यले जनाएका छन् । 

एक हजार भन्दा बढी विद्यार्थीको सहभागीता हुने दाबी गरिएको जुलुसबाट उक्त क्षेत्रमा सवारी आवागमन ठप्प हुने अनुमान गरिएको छ । 

के छन् त नारा ? 
विद्यार्थीहरुले उठाएका विषयमा आन्तरिक लोकतन्त्रको सुनिश्चितता, कम्युनिष्ट सर्वसत्तावाद, बढदो महंगी र बाह्य हस्तक्षेपको खवरदारी भएको नेता वैद्यले बताए । 


त्यसैगरी स्वतन्त्र न्यायपालिकामाथिको हस्तक्षेप बन्द गर, शैक्षिक माफिया होसियार, विद्यार्थी सहुलियत कार्यान्वयन गर जस्ता प्लेकार्ड बोकेर विद्यार्थीहरु जुलुसमा जानेछन् । कानुन विपरित बालकृष्ण ढुंगेललाई रिहा गर्न लागिएको प्रतिसमेत पनि नेविसंघले गम्भीर आपत्ति जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ