arrow

मोहम्मद सलाह मेस्सी बराबरका खेलाडी हुन् – रोनाल्डो 

logo
प्रकाशित २०७५ जेठ ११ शुक्रबार
mohammad-salaha.jpg

काठमाडौं । ब्राजिलका पूर्व फुटबलर रोनाल्डोले इजिप्टका स्टार मोहम्मद सलाह लियोनेल मेस्सी बराबरको खेलाडी रहको बताएका छन् । लिभरपुल र इजिप्टका स्टारलाई रोनाल्डोले बार्सिलोना र अर्जेन्टिनाका स्टारसँग तुलना गरेका हुन् । 

रोनाल्डोले सलाहको प्रदर्शन अविश्वसनीय रहेको बताएका छन् । २५ वर्षीय सलाहले आफ्नो व्यावसायिक फुटबलको पहिलो सिजनमा ४४ गोल गरिसकेका छन् । शनिबार हुन गइरहेको च्याम्पियन्स लिगको फाइनलअघि रोनाल्डोको यस्तो बयान आएको हो । 

इजिप्टको अन्तर्राष्ट्रिय फुटबलको लागि नै शनिबार हुन गइरहेको च्याम्पियन्स लिगको फाइनल खेल निकै महत्वपूर्ण रहने विश्लेषकहरुले बताएका छन् । शनिबार रियाल मड्रिड र लिभरपुलको बीचमा यो खेल हुन लागेको हो । उनीहरुले यो खेल लिभरपुलले जितेको खण्डमा सलाहको लागि निकै ठुलो सफलता हुने बताएका छन् । 

रोनाल्डोले सलाह आफूलाई निकै मनपर्ने खेलाडी रहेको र उनमा अचम्मलाग्ने किसिमको खुबी रहेको बताएका हुन् । आफू सलाहबाट निकै प्रभावित भएको र उत्साहित पनि रहेको बताएका छन् । 

सलाहको प्रदर्शनको बाबजुद रियाल मड्रिड यो च्याम्पियन्स लिगमा केही बलियो अवस्थामा रहेको छ । अहिले मड्रिड लगातार तेस्रोपटक च्याम्पियन्स लिगको उपाधि हासिल गर्नको लागि अघि बढिरहेको छ । जसको कारण लिभरपुलका लागि यो खेल कठिन हुनसक्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ