arrow

राष्ट्रिय परिचय पत्र वितरणका लागि विवरण संकलन गरिदै

logo
प्रकाशित २०७५ जेठ ११ शुक्रबार
National-Identity-Card-of-Nepal_.jpg.jpeg

पाँचथर । राष्ट्रिय परिचय पत्र वितरणका लागि पाँचथरमा २५ जेठ देखि विवरण संकलन गरिने भएको छ । बिहीबार सदरमुकाम फिदिममा आयोजित जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा स्थानीय तहका प्रमुखहरुसँगको छलफल कार्यक्रममा यस्तो बताइएको हो ।

राष्ट्रिय परिचय पत्र ब्यवस्थापन केन्द्रका निर्देशक शिवराम जोशीले विवरण संकलनमा सहयोग गर्न राजनीतिक दलका प्रतिनिधि र स्थानीय तहका प्रमुखहरुलाई आग्रह गरे। कार्यक्रममा स्थानीय तहका उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुलाई समेत सहभागि गराइएको थियो । उनीहरुले सरकारको यो अभियानलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । यस अघि फागुनदेखि नै विवरण संकलन गर्ने भनिएको थियो ।

पहिलो चरणमा एक लाख १७ हजार राष्ट्रिय परिचय पत्र वितरण गर्ने तयारी छ । जसमध्ये पाँचथर जिल्लामा एक लाख दश हजार परिचय पत्र वितरण गरिनेछ भने बाँकी सात हजार परिचयपत्र सिंहदरबारका कर्मचारीलाई वितरण गरिने निर्देशक जोशीले बताए । परिचय पत्रमा सुरुमा ब्यक्तिको वैयक्तिक र जैविक विवरण समाबेश गरिनेछ । मेमोरी चिप्स सहितको मेशिन रेडिवल कार्ड हुने भएकाले पछिबाट यसमा आवस्यक अन्य सम्पूर्ण विवरण समेत अटाउँन सकिने बताइएको छ ।

तत्काललाई नेपाली नागरिक्ताको प्रमाण पत्र लिइसकेका र नागरिक्ता लिन योग्यता पुगेकाहरुलाई परिचय पत्र वितरण गरिने राष्ट्रिय परिचय पत्र ब्यवस्थापन केन्द्रले जनाएको छ ।नेपाल सरकारले वि.सं.०६६-६७ देखि नै राष्ट्रिय परिचय पत्र वितरणको अवधारणा अघि सारेको थियो । राष्ट्रिय परिचय पत्र वितरण गर्ने निर्णय भने १९ भदौ ०७४ को मन्त्रीपरिषदको बैठकले गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ