arrow

पोल गाडेको पन्ध्र वर्षपछि बिजुलीले ल्यायो बस्तीमा खुसीयाली

logo
नारायण रिजाल,
प्रकाशित २०७५ जेठ ११ शुक्रबार
Bijuli_(2).jpg

बागलुङ ।   लामो समयदेखी अन्धकारमा बस्दै आएका यहाँका दलित तथा समुदायमा खुसीयाली छाएको छ । बिजुलीको पोल गाडेको पन्ध्र वर्षपछि बिजुली बत्ती बलेपछि दक्षिण  जैदीका स्थानीय दलित वस्तीमा खुसियाली छाएको हो । जैमिनी नगरपालिका वडा नं. ७ जैदीका दलित समुदायका १८ घरधुरीले विद्युतीय सामग्री पाएपछि उज्यालोमा बस्नेमा ढुक्क भएका छन । सोही वडाका वडा सदस्य केन्द्र रसाईलिको पहलमा विद्युत प्राधिकरण बागलुङ शाखाको सहयोगमा निःशुल्क विद्युतिय सामाग्री उपलब्ध गराईएको छ ।

वर्षौदेखि टुकी बालेर जीवन गुजारा चलाएकी स्थानिय कुमारी सार्की टुकी र लालटिन बाल्ने झन्झट सदाका लागि अन्त्य भएकोमा निकै हर्षित भएकी छन । मोबाइल, लाइट चार्ज गर्नका लागि दैनिक अन्यत्र गाउँमा जानुपर्ने थियो त्यो बाध्यता अब हट्को छ, । सार्कीले भनिन, ‘बिजुली बाल्नका लागि मिटर किन्ने पैसा पनि नहुँदा हाम्रो दैनिकी अन्धाकारमा चलेको थियो । ‘हामी त जिन्दागी भर अन्धकारमा बस्नुपर्ने सोचेका थियौँ । बल्ल हामीलाई स्थानीय सरकार आएको महशुस भयो ।’ वडा कार्यालयको सहयोगले हाम्रो घरमा उज्यालो छायो । दैनिक ज्यालादारी गरेको पैसाले विहान बेलुका छाक टार्न मात्र ठिक्क हुनाले विजुली बाल्ने मिटर पनि किन्ने पैसा नभएको स्थानियलाई वडा कार्यालयले सहयोग गरेको बताईएको छ ।

२०६० सालमा स्थानिय जैदी सामुदायिक विद्युतिकरण उपभोक्ता समिति मार्फत आसपासका बस्तीमा बिजुली बलेपनि त्यहाँको समुदाय विपन्न भएका कारण बत्ती बल्न नसकेको वडा सदस्य केन्द्र रसाईलीले बताए । ‘हामीले धेरै ठाउँमा सहयोगका लागि प्रयास गरियो तर पहिले सफल हुन सकिएन’ रसाईलीले भने, ‘पन्ध्र वर्ष पछि स्थानियलाई निःशुल्क मिटर तार सहयोग प्राप्त गरेका छौं घरमा वाईरिङका लागि अन्य सहयोगको बाटो खोज्दै छौं ।’ वडा कार्यालयले लक्षित बर्गको कार्यक्रम अनुसार सामग्री वितरण गरेको रसाईलीले जानकारी दिए । यस वर्ष वडा बाट छुट्याईएको झण्डै ६० हजार रुपैया दलित समुदायका १८ घरधुरीमा वाईरिङको काम गर्ने योजना रहेको समेत जानकारी दिए ।   

सामुदायिक विद्युतिकरण उपभोक्ता समितिको अध्यक्ष र सचिव हाल जैमिनी नगरपालिकाको नगर प्रमुख ईन्द्रराज पौडेल र उपप्रमुख लिला राना भएपनी वस्तीमा कुनै चासो नदिएको स्थानियको गुनासो रहेको छ । नगरपालिका बने पछि हामीले ठुलो आश गरेका थियौं तर कुनै सहयोग भएन स्थानिय दामोदर नेपालीले भने, गरिब तथा विपन्नका समस्यालाई कसैले बुझदो रहेनछ । गाउँमा १० घर जति बाँकी रहेको वडा कार्यालयले जनाएको छ । यता नगरपालिकाले भने विपन्न बस्तीमा बिजुली बत्तीबाल्नका लागि वडा कार्यालय मार्फत लक्षित वर्गको बजेट सो क्षेत्रमा प्रयोग गर्ने बताईएको छ ।

वडा अध्यक्ष जितवहादुर रानाले दलित समुदायको आत्मबल बढाउन वडाले विभिन्न काम गर्ने बताए । उनले विकास निर्माण सँगै वडा कार्यालयले समुदायको पछि परेका बर्गको निम्ती काम गर्न उद्घोष गरे । गाउँमा बिजुली नहुँदा विशेष गरि विद्यार्थीहरु ठुलो समस्यामा परेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ