arrow

करणी गरी फरार अभियुक्त पक्राउ

logo
प्रकाशित २०७५ जेठ ११ शुक्रबार
pakrau-new.jpeg

भक्तपुर । करणी गरी फरार भएको अभियोगमा भक्तपुर प्रहरीले एक युवकलाई शुक्रवार पक्राउ गरेको छ । भक्तपुरकी एक महिलालाई करणी गरेको अभियोगमा प्रहरीले ललितपुर महालक्ष्मी नपा–७ बस्ने विक्रम बस्नेतलाई शुक्रवार भक्तपुरबाटै नियन्त्रणमा लिएको हो ।

बस्नेतले गत पुस ५ गते सूर्यविनायक–९ नंखेलस्थित सिटीगाँउ रिसोर्टमा लगेर ती महिलालाई करणी गरी फरार रहेकामा आज उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ