arrow

२७ पृष्ठ पुग्यो गोरेको बयान, आइतवार पनि जारी रहने सम्भावना

logo
प्रकाशित २०७५ जेठ ११ शुक्रबार
gore1.jpg

विराटनगर । सुन तस्करी तथा सनम शाक्यको हत्याको अभियोगमा पक्राउमा परेका चुडामणि उप्रेती (गोरे)को जिल्ला अदालत मोरङमा शुक्रवार पनि बयान जारी रह्यो ।

सो प्रकरणको मुख्य अभियुक्त मानिएका गोरेसँग शुक्रवार चार घण्टाभन्दा बढी समयसम्म बयान लिइएको र आइतबार बयान सकिने सम्भावना रहेको अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी गराए  । बयान सकिएपछि थुनछेकको बहस प्रारम्भ हुनेछ ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा गत बुधबारदेखि शुरु भएको गोरको बयान शुक्रवार सम्ममा २७ पृष्ठमा पुगेको बुझिएको छ ।

यसैबीच, यस घटनाका मुख्य अभियुक्त भनिने गोरेलाई सहयोग गरेको अभियोगमा बिहीबार मोरङको उर्लाबारी नगरपालिका–२ का रेवन्तकुमार आचार्यलाई प्रहरीले पक्राउ गरी आज अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गराएको छ ।  रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ