नारायणकाजी श्रेष्ठ चीन प्रस्थान, बाम एकताको विषयमा धारणा राख्ने
प्रकाशित २०७५ जेठ १२ शनिबार
971
Shares
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिस्ट पार्टीले कार्ल माक्र्सको द्विशतवार्षिकको अवसरमा आयोजना गर्ने कार्यक्रममा भाग लिन शुक्रबार चीन प्रस्थान गरेका छन्।
नेकपाका नेता एवं तत्कालीन माओवादी केन्द्रका विदेश विभागका सचिव युवराज चौलागाईँका अनुसार प्रवक्ता श्रेष्ठले माक्र्सवादी दर्शन र नेपालको कम्युनिष्ट आन्दोलनमा भएको पछिल्लो पार्टी एकतालगायत विषयमा धारणा राख्ने जानकारी दिए। रासस