arrow

रेडियो स्टुडियोबाटै पक्राउ भएका साउद रिहा

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७५ जेठ १२ शनिबार
received_1727071977387629.jpeg

लम्की। लम्कीका समाजसेवी दिलबहादुर साउद रिहा भएका छन । यहि बैशाख ३० गते समसामयिक विषयमा सामुदायिक रेडियो पश्चिम आवाज १०४.७ मेगाहर्ज लम्कीमा अन्तरबार्ता दिई रहेको अवस्था इलाका प्रहरी कार्यालय लम्कीको एक टोलीले प्रशारण कक्षबाटै अपहरण शैलिमा पक्राउ गरेको थियो । 

प्रेस स्वतन्त्रता माथि धावा बोल्दै जनताको आवाजलाई नै कुन्ठीत गर्ने गरि सञ्चारमाध्याम भित्रै हतियार सहित प्रबेश गरि रेडियोका अतिथीलाई नै प्रहरीले पक्राउ गरेपछि चौतर्फी विरोध भएको थियो। नेपाल पत्रकार महासंघ, सामुदायिक रेडियो प्रशारक संघ, नेपाल प्रेस युनियन तथा पत्रकारका विभिन्न पेशागत संघ, संगठनका साथै मानवअधिकारबादी संस्थाले समेत घटनाको चर्को आलोचना गरेका थिए ।

बैशाख ३० गते सामुदायिक रेडियो पश्चिम आवाजमा आईतबार दिउसो  ३ बजेर २२ मिनेटको समयमा पत्रकार युवराज न्यौपानेले समसामयिक गतिविधिको बारेमा स्टुडियोमा बहस कार्यक्रम सञ्चालन गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय लम्कीका सहि कटक बहादुर रावतको नेतृत्वमा आएको हतियारधारी प्रहरीको टोलीले रेडियोको प्रशारण कक्षमा अनधिकृत रुपमा प्रबेश गरि नेकपाका नेता समेत रहेका समाजसेवी  दिलबहादुर साउदलाई पक्राउ गरेको थियो।

हातहतियार सहित प्रहरी स्टुडियोमा प्रबेश गरेपछि कर्मचारी आतंकित भएका थिए भने रेडियोको प्रशारण सेवा समेत केहि समय बन्द भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ