arrow

हजुरवाका उमेरका ६० बर्षिय वृद्ध करणी अभियोगमा पक्राउ, मुद्धा चलाइयो

logo
प्रकाशित २०७५ जेठ १२ शनिबार

पाँचथर। पाँचथरको फाल्गुनन्द गाउँपालिकाकी एक महिलालाई फाल्गुनन्द गाउँपालिका एककै एक वृद्ध ब्यक्तिले करणी गरेको आरोप लागेपछि प्रहरीले पक्राउ गरि मुद्धा दर्ता गरेको छ ।

पक्राउ पर्नेमा स्थानिय ६० बर्षिय राम बहादुर श्रेष्ठ रहेका छन् । हजुरवाका उमेर भएका श्रेष्ठमाथि करणीको आरोप लागेपछि स्थानियहरु पनि चकित भएका छन्। 

गत बैशाख २३ गते जबरजस्ती करणी गरेको भन्ने पिडितको उजुरीको आधारमा प्रतिबादी श्रेष्ठलाई बिहिबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत पाँचथरबाट जबरजस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरी म्याद लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले जानकारी दिए।

किशोर तथा अधवैसैहरु करणीको अभियोगमा पक्राउ परेपनि बृद्ध समेत करणीको अभियोगमा संलग्न भएको जिल्लाकै यो विरलै घटना भएको स्थानियहरु बताउँछन्। स्थानियहरुले घटनाको निष्पण छानविनको माग गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ