arrow

घर पालुवा कुकुर बौलाए पछि...

logo
प्रकाशित २०७५ जेठ १२ शनिबार
Bajura-hamrakura.jpg.jpeg

बाजुरा। बडीमालिका नगरपालिका–१ पिनालेखमा आज बिहान १० बजे बौलाहा कुकुरको टोकाइबाट नौ जना घाइते भएका छन्। घाइते हुनेमा बडीमालिका नगरपालिका– १ का रामचन्द्र पण्डित, पवन हमाल, दनेश हमाल, देवीदत्त पण्डित, चन्दा देवी पण्डित, प्रशान्तराज जोशी, विनिता हमाललगायत छन्। घाइते सबैको जुगाडा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

घरमा पालेको बेलायती जातको कुकुरलाई स्थानीय बौलाहा कुकुरले टोकेपछि बौलाहा भएको सो कुकुरले स्थानीयलाई टोक्दै घाइते बनाउन थालेको घाइते प्रशान्तराज जोशीले बताए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ