arrow

झुटा मुद्दा लगाइ रातारात पक्राउ गरिएका गुरुङलाई निशर्त रिहा गर्न कांग्रेसको माग

logo
प्रकाशित २०७५ जेठ १२ शनिबार

धरान ।  नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङलाई निशर्त स–सम्मान अविलम्व रिहा गर्न नेपाली कांग्रेस सुनसरीले माग गरेको छ । नेपाली कांग्रेस सुनसरीका सभापति एवम् प्रदेश नं. १ का प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै गुरुङलाई रिहा गर्न माग गरेको सुनसरी कांग्रेस सचिव एवम् प्रवक्ता सुजेन्द्र गोलेले बताए ।

 विज्ञप्तिमा तरुण नेता गुरुङलाई झुटो मुद्दा लगाएर सुनियोजित र षडयन्त्र पूर्वक पक्राऊ गरिएको जनाउंदै अविलम्व निशर्त रिहा नगरे चरणवद्ध आन्दोलनमा उत्रने समेत चेतावनी दिइएको छ । शुक्रवार मात्र जिल्ला प्रशासन कार्यालय सुनसरीमा शान्ति सूरक्षाका लागि निवेदन दर्ता गराएका गुरुङलाई रातारात पक्राउ गरिनु प्रहरी प्रशासनको पूर्वाग्रह प्रष्ट देखिएको भन्दै कांग्रेसका कार्यकर्ताहरुलाई झुटा मूद्दा लगाएर फसाउने कार्य बन्द गर्न समेत विज्ञप्तिमा माग गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ