arrow

श्रीमान् विदेशमा, श्रीमतीले अनैतिक सम्बन्ध राखि गरिन् नवजात शिशुको हत्या

दुई पक्राउ

logo
प्रकाशित २०७५ जेठ १२ शनिबार
Kanchanpur_District.png

कञ्चनपुर । नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्तनगरपालिका– १३ की ३० वर्षीया गंगा ओखेडा र सोही ठाउँका १९ वर्षीय सन्तोष ओखेडा रहेका छन् ।

गंगाका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा रहेका बेला उनले सन्तोषसँग अनैतिक सम्बन्ध बनाइ शिशुलाई जन्म दिएकी हुन् । बिहीबार जन्मिएको शिशुको हत्या भएको खबर प्राप्त भएपछि शुक्रबार साँझ दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए ।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी प्रहरीले अनुसन्धान गरिरहेको छ । मृत नवजात शिशुको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ