arrow

लालबाबुले भने - 'ससुरालीले दिएको सम्पति हो यो ५५ लाख'

logo
प्रकाशित २०७५ जेठ १२ शनिबार
Lalbabu-Pandit.jpg.jpeg

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफूले हालै सार्वजनिक गरेको सम्पत्ति विगत ०७० सालमा मन्त्री हुँदा सार्वजनिक गरेको सम्पत्तिमा जति थियो अहिले पनि त्यति नै रहेको तर बैंकिङ प्रणाली अनुसार वृद्धि भएको स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘मेरो अहिले सार्वजनिक गरेको सम्पत्ति आजको विवरण होईन।’ आफूले ढिलो विवाह गरेको कुरा सर्ववित्तितै रहेको बताउँदै मन्त्री पण्डितले भने,‘मैले ढिलो विवाह गरेको हुँ, मेरी श्रीमतीपनि ३५ वर्ष पुगेकी थिईन्, उनको परिवार ललितपुरको भैंसैपाटी वडा नम्बर ३ थियो, माईतीले मेरो श्रीमतीलाई घर बनाउनको लागि जग्गा दिनुभएको थियो।’

त्यस्तै उनले आफ्नो उक्त जग्गा अहिले भाडामा रहेकोले त्यसबाट पनि आय भैरहेको जनाए । श्रीमती र आफूबीच अहिलेपनि ससुरालीले दिएको जग्गामा घर बनाउने कि नबनाउने भन्नेमा असमझदारी भैरहेको उनले जनाए । उनले भने,‘घर बनाउनको लागि बैंकमा राखेको पैसा अहिले वृद्धि भैरहेको छ।’ हालै भएको निर्वाचनमा पनि आफूलाई धेरैजनाले सरसहयोग गरेको उनले बताए ।

कार्यक्रममा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सँगै रहेको मन्त्री लालबाबु पण्डितलाई प्रश्न गर्दै भने,‘जनता जान्न चाहन्छन् ? लालबाबुजी तपाईले कसरी कमाउनुभयो ५५ लाख ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ