arrow

नेपाली सेनालाई पत्याएन ओली सरकारले, मोदीको भ्रमणबाट प्रमाणित भयो : पौडेल

logo
प्रकाशित २०७५ जेठ १२ शनिबार
pradip-paudel.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारले नेपाली सेना विदेशी पाहुनालाई सुरक्षा दिन सक्षम छैन भन्ने प्रमाण पनि  दिएको बताएका छन्  । उनले भने  'मोदीको भ्रमणबाट त्यो प्रमाणित भयो ।'  नेपाल प्रजातान्त्रीक फार्मेसी संघले शनिवार राजधानीमा गरेको कार्यक्रमा पौडेलले कांग्रेस सरकारमा हुँदा सार्क सम्मेलन गर्दा समेत नेपाली सेना र नेपाल प्रहरीले सुरक्षा गर्न सकेको स्मरण गरे  ।

उनले वर्तमान सरकारको एक सय दिनको अवधि निराशाजनक रहेको टिप्पणी गरे।  इतिहासकै शक्तिशाली भनेर चर्चा गरिएको वर्तमान सरकारले जनताको पक्षमा खासै केही गर्न नसकेको पौडेलले बताए ।

 लगातार इन्धनको मूल्यमा वृद्धि गरी सरकारले जनताको ढाड सेक्ने काम गरेको आरोप लगाए । 'लगातार इन्धनको मूल्य वृद्धि हुँदा सबै क्षेत्रमा मंहगी बढेको छ, आम जनताको दैनिकी कष्टकर हुँदा समेत सरकार रमिते बनेको छ'  पौडेलले भने । नाकाबन्दीको समयमा राष्ट्रवादको राप ओकलेर आफनो दललाई पछिल्लो चुनाव जिताएका केपी ओलीको असली राष्ट्रवाद मोदी भ्रमणबाट छताछुल्ल भएको पौडेलको आरोप थियो ।

  लामो समयसम्म न्यायलयलाई पूर्णता दिन असफल भएको वर्तमान सरकार माइतीघर मण्डलामा प्रदर्शन गर्न रोक लगाएर ज्ञानेन्द्र पथमा उन्मुख भएको उनको भनाइ थियो । कुनै योजना तथा तयारी विना महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेर वर्तमान सरकारले जनताको आखाँमा छारो हाल्ने काम गरेको उनले बताए ।

 लोकतान्त्रीक पद्धतिलाई बलियो बनाउनु पर्नेमा प्रधानमन्त्री स्वमं मात्र बलियो हुने खेलमा लागेको भन्दै उनले पार्टी विशेषलाई नभएर सिंगो देशलाई शक्तिशाली बनाउन सुझाव दिए ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ