arrow

बन्यजन्तु अपराध नियन्त्रणमा अन्तरक्रिया

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ जेठ १२ शनिबार

स्याङ्जा । वन्यजन्तुको चोरी शिकार बढी रहेका बेला जिल्ला वन कार्यालय स्याङ्जाले अपराध नियन्त्रणका लागि सहजीकरण गर्न थालेको छ । जिल्लाका ११ ओटै स्थानीय तहमा बन कार्यालयले बन्यजन्तु अपराध नियन्त्रण, ऐन कानुन र यसको रोकथामका लागि सहजीकरण गर्न थालेको हो । पछिल्लो समय प्राकृतिक अनुकुलता परिवर्तन सगै बन क्षेत्रमा हुने क्षतीलाई रोकथाम स्थानीय सरकारले ध्यान दिनुपर्ने बारेमा जिल्ला बन कार्यालयका प्रमुख कोमलराज काफ्लेले गरेका थिए ।

जिल्ला बन कार्यालय स्याङ्जाको आयोजनामा वालिङ नगरपालिकाका जनप्रतिनिधि, बन क्षेत्र सगँ सरोकार राख्ने समुह, पत्रकार, नागरिक समाज लगायतको सहभागितामा प्राकृतिक बरदान पाएको बन क्षेत्रको संरक्षणका बारेमा सहजिकरण गरिएको थियो । बनमा रहने बन्यजन्तु चोरी शिकारी सगै डडेलोको चपेटामा पर्दै जान थालेकाले यसको संरक्षणमा सबै सरोकारवालाहरुले ध्यान दिनुपर्ने बन अधिकृत काफ्लेले आग्रह गरेका छन् । विश्वमा देखिएको वातावरण र नेपालको वातावरणको बारेमा सहभागीलाई जानकारी गराइएको थियो ।

स्याङ्जामा डडेलोले पारेको समस्या, डडेलोले बन्यजन्तुलाई पारेको समस्या सहित मानव बस्तीले पारेको समस्या र यसको समस्याका बारेमा स्थानीयतहले खेल्नु पर्ने धारणा जिल्ला बन अधिकृत काफ्लेले सुझाएका थिए । नेपालमा बन्यजन्तुको अवस्था, चोरी शिकारी र अपराधका अवस्थाका बारेमा जिल्ला बन कार्यालयले जिल्लाका सबै जनप्रतिनिधिहरुलाई जानकारी दिइएको थियो । बन्यजन्तु र बन सम्पदा हाम्रो सम्पति भएकोले यसको संरक्षण र संवद्धनमा स्थानीय निकायको दायीत्व बोध भएको वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले बताए ।

स्थानीयतहमा बन कार्यालय हस्तान्तरण नभएको अवस्थामा कानुन बनाउन समस्या भएको बताउदै नगर प्रमुख खाँणले आगामी दिनमा प्राकृतिक सम्पदाको संरक्षणमा ध्यान दिने बताएका थिए । राज्य पक्ष कमजोर हुँदा बन सम्पदामाथी देखिएको अतिक्रमण र बन्यजन्तुमाथीको अपराध बढेको सहभागीहरुले बताएका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ