arrow

दाइजो लिएको हाकाहाकी स्विकार्न लाज छैन लालबाबु पण्डितज्यू?

logo
प्रकाशित २०७५ जेठ १२ शनिबार
lalbabu_pandit.JPG

काठमाडौं। नेपाली समाजमा कुनै पुरुषले महिलासँग विवाह गरेर महिलाको माइती पक्षबाट केहि नगद जिन्सी ल्यायो भने त्यसलाई दाइजोको रुपमा बुझिदै आएको छ। त्यो राजीखुसी वा करकाप जे गरेर ल्याएपनि त्यसलाई हाम्रो कानुनी व्यवस्थाले वैध मानेको छैन। नैतिक रुपमा पनि त्यसलाई स्विकारिएको छैन। अझ त्यहि कुरा कुनै अग्रज तथा नेतृत्व तहसँग जोडीएको छ भने त्यसमा गरिने व्यवहार अझ माथिल्लो तहको होस भन्ने अपेक्षा रहन गर्दछ। 

नेपाली राननीतिको एक सेलिब्रेटी पात्र लाल बाबु पण्डितको चर्चा यहाँ फेरि जवर्जस्ती रुपमा भइरहेको छ। चुनावको बेला केहि नभएको भनेर पानी पनि मतदातालाई नै किन्न लगाउने साइकल सवार पण्डितको सम्पति विवरणमा अचानक ५५ लाख नगन सम्पति देखिएपछि अहिल उनी विवादमा समेत परेका छन्। 

यो विवादमा उनको स्पष्टिकरणले फेरि थप विवाद बढाएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफूले हालै सार्वजनिक गरेको सम्पत्ति श्रीमतीको तर्फबाट प्राप्त दाइजोको रुपमा प्राप्त भएको जनाएका छन्। मन्त्री पण्डितले श्रीमतीलाई माइतीले घर बनाउनको लागि जग्गा दिएको स्पष्टीकरणमा जनाएका छन्। 

ससुरालीले दिएको उक्त जग्गा अहिले भाडामा रहेकोले त्यसबाट पनि आय भैरहेको पण्डितको तर्क छ।श्रीमती र आफूबीच अहिलेपनि ससुरालीले दिएको जग्गामा घर बनाउने कि नबनाउने भन्नेमा असमझदारी भैरहेको उनले जनाए । रिपोर्टस क्लवमा उनले भने, ‘घर बनाउनको लागि बैंकमा राखेको पैसा अहिले वृद्धि भैरहेको छ।’ हालै भएको निर्वाचनमा पनि आफूलाई धेरैजनाले सरसहयोग गरेको उनले बताए ।

आफूलाई समाज सुधारक र सरकारमा रहँदा प्रसासक सुधारक मन्त्रीका रुपमा चर्चामा आएका पण्डित भने व्यक्तिगत रुपमा कति सुधारक रहेछन वा ढोंगी रहेछन भन्ने उनले नै भनेको ससुरालीको सम्पति लिएको घटनाबाट प्रष्टिन गएको छ। कान्तिकारी र प्रगतिशिल कुरा गर्ने कम्युनिष्ट पार्टीका नेतालाई हाकाहाकी दाइजो लिएको कुरा गर्न के यो सुहाउने कुरा हो मन्त्री पण्डित महोदय? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ