arrow

नेपाल प्रेस युनियनले २७ औं स्थापना दिवस मनाउँदै, देउवादेखि पौडेलसम्म एउटै मञ्चमा 

logo
प्रकाशित २०७५ जेठ १३ आइतबार
congress-leaders2.jpg

काठमाडौं । नेपाल प्रेस युनियनले २७ औं स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसको उपलक्ष्यमा केन्द्रीय समितिका तर्फबाट काठमाडौंको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा विशेष कार्यक्रम गर्न गइरहेको केन्द्रीय महासचिव अजयबाबु शिवाकोटीले जनाएका छन् । 

आइतबार बिहान ८ बजेबाट शुरु हुने स्थापना दिवसको कार्यक्रममा सहभागी हुन आग्रह गरिएको हो ।  

सो कार्यक्रममा सहभागी हुन नेपाली काँग्रेसक सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला लगायतका नेताहरु उपस्थित हुनेछन् । 

यो कार्यक्रममार्फत काँग्रेसलाई थप एकतावद्ध हुन मद्धत मिल्ने विश्वास गरिएको छ । 

विभिन्न जिल्लामा प्रेस युनियनले विशेष कार्यक्रम गरी प्रेस युनियन दिवस मनाउँदैछ । रक्तदान कार्यक्रदेखि स्वास्थ्य परीक्षणसम्मका कार्यक्रम पनि राखिएका छन् । केही स्थानमा अन्तक्र्रिया कार्यक्रम राखिएका छन् । 

लोकतन्त्रमा आस्था राख्ने श्रमजिवी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियनको ०४८ साल जेठ १३ गते अग्रज पत्रकारहरुको अगुवाइमा शुरु भएको थियो । युनियनले स्थापनाकालदेखिनै श्रमजिवी पत्रकारका हक, हितका लागि वकालत र काम गर्दै आइरहेको छ। 

प्रजातन्त्रको पूनर्स्थापनापछि सञ्चारक्षेत्र उदयोगको रुपमा विकास हुँदै जाँदा यस क्षेत्रमा काम गर्ने श्रमजिवीहरुको हक, अधिकार र वृत्ति विकासको उद्धेश्य लिएर अग्रज पत्रकारहरुले पेशागत प्रत्याभूति र एकताबद्ध तथा संगठित रुपमा अगाडि बढ्ने दृढ प्रतिबद्धता गर्दै नेपाल प्रेस युनियनको स्थापना गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ