arrow

प्रजातन्त्रमाथि खतरा आए आन्दोलन गर्ने देउवाको भनाइ

गेटआउट भन्दैमा बाहिर नजाने भनाइ 

logo
प्रकाशित २०७५ जेठ १३ आइतबार
deuba12.jpg

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रमाथि कुनै किसिमको खतरा आए आन्दोलन गर्न तयार रहेको बताएका छन् । 

नेपाल प्रेस युनियनको २७ औं वार्षिकोत्सवका अवसरमा बोल्दै उनले प्रजातन्त्रमा पत्रकारको कलम बलियो हुनुपर्ने भन्दै यदि हस्तक्षेप भए प्रतिकार गर्न तयार भएको बताए । 

उनले संचारमाध्यमलाई पनि सशक्त बन्न आग्रह गर्दै कुनै किसिमको दबाबको सामना गर्न तयार रहनुपर्नेमा जोड दिए । 

सभापति देउवाले पार्टीमा कसैले गेटआउट भन्दैमा आफू बाहिर नजाने भन्दै महाधिवेशन गराएरमात्र जाने बताए । उनले तीन वर्षमा पनि पार्टीको महाधिवेशन हुन सक्नेतर्फ ध्यानाकर्षण गरे । 

कार्यक्रममा जतिसुकै अप्ठेरोमा परेका बेलामा पनि आफूले प्रेस फ्रिडमका बारेमा बोलेको डा मिनेन्द्र रिजालले बताए । रिजालले  अहिलेको सरकार हस्तक्षेप गर्न तिर लागेको हो कि भनेका छन् ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले प्रेस युनियन लोकतन्त्र, प्रेस स्वतन्त्रता र पत्रकारको हकहितको लागि लडिरहेको स्मरण गर्दै नेपाली कांग्रेस एक भएको संन्देश बाहिर ल्याउने गरी काम गर्न  शिर्ष नेताहरुलाई सुक्षाव दिए । 

प्रेस फ्रिडमका लागि आफूहरु पनि लड्ने प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले बताए । उनले काँग्रेस लडे पनि नलडे पनि पत्रकारहरु एक भएर लड्ने बताए । 

प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालले काँग्रेसले सबै परिवर्तनको अग्रणी भूमिका खेले पनि अब भने बुढो भएको हो कि भन्ने लाग्न थालेको बताए । 

युनियनको २७ औ स्थापना दिवसको अवसरमा बोल्दै युनियनका बरिष्ठ उपाध्यक्ष दिपक भट्टराई, पत्रकारमहासंघका उपाध्यक्ष बिपुल पोख्रेल तथा युनियनका महासचिव अजयबाबु सिवाकोटीले  सरकार प्रेस स्वतन्त्रा बिरुद्ध निरङकुश बन्दै गए युनियन कडा कदम चाल्ने बताए । युनियनका महासचिव सिवाकोटीले प्रेस युनियनलाई यहासम्म ल्याइ पुर्याउन सहयोग गर्ने अग्रजहरुलाई सम्झिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ