arrow

देउवा र पौडेललाई संगै राखेर शशांकले भने –गुट उपगुट अन्त्य हुनुपर्छ 

logo
प्रकाशित २०७५ जेठ १३ आइतबार
congress-patry-leaders.jpg

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्रको गुट उपगुट अन्त्य हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियनको २७ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा बोल्दै डा कोइरालाले पार्टीभित्रको गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो नहुने भएकाले आफू सोही अभियानमा लागेको बताए । 
पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई संगै राखेर कोइरालाले आफू गुट उपगुट अन्त्य गर्ने अभियानमा लागिरहेको बताए । 

पार्टीको गुट उपगुट एउटा ठूलो रोग भएको भन्दै उनले कसैलाई पनि गुट उपगुटमा नलाग्न आग्रह गरे । उनले गुट उपगुटलाई भत्काएर एउटै बनाउन पनि आग्रह गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ