arrow

दाङमा झाडापखाला फैलिनुको कारण खुल्यो

'एउटै मूलकाे प्रदुषित पानी खाए छन् सबैले'

logo
प्रकाशित २०७५ जेठ १३ आइतबार
dang_district_map.png

दाङ् । दाङ्मा फैलिएको झाडापखाला प्रदुषित खानेपानीका कारण फैलिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । दाङको शान्तिनगर  गाउँपालिकाको वडा नम्बर ३ र ४ मा वितरित खानेपानी प्रदुषित भएकाले झाडापखाला फैलिएको स्पष्ट भएको छ । 

जनस्वास्थ्य प्राविधिक टोलीले सिमलगौराको मुहानमा ल्याब परिक्षण गर्दा दुषित पानी भेटिएको हो । त्यहाका खानेपानीको मुहानलाई खानेपानी उपभोक्ता समितिले शुद्धिकरण नगरी वितरण गरिएको र पछिल्लो समयमा आकाशेपानीको भल मिसिएको पानी पिउँदा धेरै जना एकै पटक बिरामी भएको स्वास्थ्यको टोलीले जनाएको छ । 

पानी फोहोर भएकाले यो मुहानको पानीले नै दाङको शान्तिनगर  गाउँपालिकाको वडा नम्बर ३ र ४ मा झाडापखाला फैलिएको ल्याव टेक्निशियन पर्शूराम पोखरेलले जानकारी दिए । पहिलेको माइली पानी मुहानमा पानी सुक्दै गएपछि पछिल्लो समयमा  सिमलगौराबाट ल्याएको पानी वितरण गर्न थालिएको हो  । 

यो मुहानको पानीलाई शुद्धिकरण नगरी उपभोक्ता समितिले  वितरण गरिएकोमा ४ सय जति बिरामी भएकोमा स्थानीयले आक्रोश पोखेका छन् । समितिको गैर जिम्मेवारीका कारण धेरै जनामा झाडापखाला देखिएको हो । 

अहिले कस्तो खालको व्याक्टेरियाले असर पुरयाएको भन्ने स्पष्ट नभएकाले यसको थप कल्चर परिक्षणका लागि केही नमुनाहरु काठमाडौँमा ल्याइएको छ । 

झाडापखालाको अवस्था बुझ्नका लागि केन्द्रबाट पनि टोली थप जानकारीका लागि शान्तिनगर गाउँपालिका गएको छ । बिरामीहरुमा झाडापखाला लाग्ने, पेट दुख्ने ,बान्ता हुने र टाउको दुख्ने जस्ता लक्षण देखा परेका छन् । 

अहिले मुहान नै प्रदुषित भएकाले पानी शुद्धिकरण गरि पिउन गाउघरमा माइकि¨ गरिएको छ । 
माइली पानी उपभोक्ता समितिले ८ सय ५१ घरधुरीमा खानेपानी बितरण गर्दै आएको छ । यो समितिले पछिल्लो समयमा पुरानो मुहानमा पानी पर्याप्त नभएपछि नया मुहानबाट पानी बितरण गर्न थालेको हो । 

दुषित पानी शुद्धिकरण गर्ने फिल्टर मेशिन केही नहुदा त्यो पानी सिधै उपभोक्ताको घरघरमा वितरण हुदै आएको समितिका अध्यक्ष माधब बस्यालले स्विकारेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ