arrow

रुस विश्वकपका लागि यस्तो छ ब्राजिलको रणनीति

logo
प्रकाशित २०७५ जेठ १३ आइतबार
brazil.png

एजेन्सी। रुस विश्वकपमा ब्राजिल छैठौं उपाधिको खोजीमा रहनेछ। यस्तोमा ब्राजिलले यसपटकको उपाधि आफ्नो पक्षमा पार्नका लागि केही नयाँ तरिका अपनाएको छ। ब्राजिलको फुटबल संघले यो पटकको विश्वकपमा सबै सम्भावित विपक्षीहरुको विषयमा अध्ययन तथा उनीहरुको कमजोरी पत्ता लगाउने काम सुरु गरिसकेको छ। विश्वकपमा आउनसक्ने विपक्षीहरुको विषयमा ब्राजिलका १९ घरेलु क्लबहरुले एक विवरण ब्राजिलको फुटबल संघलाई बुझाएका हुन्। 

गएको अक्टोबर महिनामा विश्वकपको ड्र सार्वजनिक भएसँगै ब्राजिलले सम्भावित विपक्षी टोलीहरुको विषयमा अध्ययनको काम सुरु गरेको थियो। 
ब्राजिलले विपक्षी टोलीहरुको मूभमेन्ट, खेल्ने तरिका तथा योजना र प्रमुख खेलाडीको विषयमा अध्ययन गरी विवरण तयार पारेको छ।

ब्राजिलका प्रशिक्षकले फुटबल संघका अधिकारीहरुसँग भेटी केही यो विवरण लिएर आगामी रणनीतिको विषयमा छलफल सुरु गरिसकेका छन्। ब्राजिलको फुटबल संघले ल्याएको योजनामा मुलुकको फ्लामेन्गो क्लबले भने सहभागी हुन अस्वीकार गरेको थियो। समुह चरणको खेलअघि ब्राजिलको आँखा विपक्षीहरुको मैत्रीपूर्ण खेलमा पनि रहनेछ।

अघिल्लो विश्वकप घरेलु भूमिमा गरेर पनि सेमिफाइनलमा लज्जास्पद हार बेहोर्दै बाहिरिएको कारण यसपटकको विश्वकपका लागि ब्राजिलले आफ्नो तयारी तीव्र पारेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ