arrow

अधिनायकबाट बचाउन पत्रकार अझ सक्रिय

logo
प्रकाशित २०७५ जेठ १३ आइतबार
press-union-dhankuta.jpg

धनकुटा। अधिनायकबाट लाद्नबाट जोगाउ पत्रकार जगत अव अझ सक्रिय हुनु आवाश्यक रहेको आज नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा धनकुटामा आयोजित कार्यक्रमका सहभागी बक्ताहरुले जोड दिएका छन्। नेपाल प्रेस युनियन धनकुटा शाखाको आयोजनामा भएको स्थापना दिवसको अवसरमा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलले  मुलुकमा अहिले अधिनायक बाद लाद्नमा सरकार उद्धत भएकाले यसलाई रोक्न पत्रकारजगत अझ सशक्तका साथ क्रियाशिल हुनु पर्नेमा जोड दिए।

नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले पत्रकार तथा प्रेस जगत जहिले पनि अधिनायक बादको बिपक्षमा रहने बताए। कार्यक्रममा १ नम्वर प्रदेश सभाका सदस्य लिला सुब्बा,नेपाली कांग्रेसका नेता आनन्द सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, नेपाल प्रेस युनिनका संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई, पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, पूर्व अध्यक्ष खगेन्द्र घिमिरे, उपाध्यक्ष नगेन्द्र राई,सल्लाहकार भेषराज कटे्ल, फोनिजका अध्यक्ष सन्तवीर लामा, पत्रकारहरु नारायण कुमार राई, बिनोद घिमिरे लगायतले पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षामा सवैले सहयोग गर्नु पर्नेमा जोड दिए।

नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष यानिन्द्र तिगेला लिम्बुको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य सदस्य कवीराज घिमिरेले र कार्यक्रमको संचालन संघियम प्रतिनिधि विदुर खवासले गर्नु भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ