arrow

जिप दुर्घटना एकको मृत्यु , १५ महिने वालक सहित ९ घाईते

logo
जीवन शर्मा,
प्रकाशित २०७५ जेठ १३ आइतबार
Okhaldhunga-hamrakura.jpg.jpeg

ओखलढुंगा। ओखलढुंगाको मोलुङग गाउँपालिका २ रामपुरमा जिप दुर्घटना भएको छ। दुर्घटनामा परी एकको घटनास्थलमै मृत्यु भएको छ। १५ महिनाको बच्चा सहित ९ जना घाईते भएका छन्।  दुर्घटनामा परी मोलुंग गाउँपालीका ७ का १८ वर्षिय रविन विक को मृत्यु भएको हो।

जिल्लाको मोलुङग गाउँपालीकाको प्राप्चा बाट ओखलढुंगा आउँदै गरेको ना १ ज ५५६२ नं को जिप घुम्तीमा एक्कसी व्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।  दुर्घटनामा परेका मोलुङ २ की जमुना  खत्री र उनको १५ महिनाको बालक, सोही ठाउँका विष्णु विक गम्भीर घाइते छन्।

घाईते हुनेहरुमा मोलुंग ७ का पदम विक,  दिपेन्द्र खत्री, मोलुंग २ का जमुना खत्री, बिष्णु विक, असोक बानिया र अमृत विक रहेका छन भने खिजीदेम्बा गाउँ पालीका ६ का पासाङलामु शेर्पा र शाङ्गे शेर्पा रहेका छन्। जिप ब्रेक  फेल भई सडक बाट १०० मिटर तल पुगेको छ। घाईते मध्य ३ जनाको अवस्था गम्भिर  ५ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ।

घाईो हरुको ओखलढुंगा सामुदायीक अस्पताल सोब्रुमा उपचार भई रहेको छ। चालक मोलुंग २ का अमृत बिकको अवस्था भने सामान्य रहेको र उनलाइ अहिले प्रहरी नियन्त्रणमा ल्याइएको  जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक निरञ्जन भट्टराइले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ