arrow

अाेलीले फोरमलाई सरकारमा लान राजपा बिच्काए

फोरमले खुट्टा उचाल्यो, नीति तथा कार्यक्रममा हालेका सबै संशोधन फिर्ता 

logo
प्रकाशित २०७५ जेठ १३ आइतबार
Pm-Kp-Oli-new-pose.jpeg

काठमाडौं । संघीय समाजवादी फोरमले सरकारमा जान हतार भएको संकेत गरेको छ । उसले आइतबार प्रतिनिधि सभाको बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रममा राखेका संशोधन फिर्ता लिएर सरकारमा जान हतारो भएको संकेत गरेको हो । 

आइतबार प्रधानमन्त्री ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम थियो । ओली सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा आफुहरुले उठाएको संविधान संशोधन, समावेशी प्रतिनिधित्व लगायत मुद्दा सम्बोधन गर्ने पं्रतिवद्धता जनाएपछि हामीले संशोधन फिर्ता लिएका हौँ, संघीय समाजवादी फोरमका सांसद राम सहाय यादवले भने, ‘यो फिर्ता लिनुको अन्य कुनै कारण छैन ।’ संशोधन यादवले पनि हालेका थिए । उनले संविधान संशोधन लगायत विषयहरु नसमेटिएको भनि संशोधन हालेका थिए । 

फोरमबाट यादव सहित चार जना सांसदले छुट्टा–छुट्टै संशोधन हालेका थिए । प्रदीप यादव, डा. सुरेन्द्र यादव र रेणुका गुरुङले संशोधन फिर्ता लिएका हुन् । ओलीले संविधान संशोधन लगायत हामीले उठाएका मुद्दा सम्बोधन गर्ने भन्नु भएको छ, सांसद यादवले भने, ‘उहाँको एक बोलीमै हामीले संशोधन फिर्ता लियौँ ।’ यस्तो किन गरेको सरकारमा जानलाई ? जवाफमा उनले भने, ‘सरकारमा त हामी संविधान संशोधनमा लिखित प्रतिवद्धता आएपछि मात्रै जान्छौँ ।’ अनि संशोधन किन फिर्ता लिएको त उसो भए ? उनले, ‘संशोधन फिर्ताको कुराले मात्रै सरकारमा जाने आधार बन्छ भन्ने होइन । हामी छलफलमा छौँ । लिखित आए जान्छौँ भने त ।’
मधेस केन्द्रीत दुबै शक्ति संसदमा विभाजित भएका छन् । फोरम ओलीको एकै बोलीले संशोधन फिर्ता लिन पुग्यो भने, राजपा बिच्किएको छ । त्यही बैठकमा उपस्थित राजपाका सांसदले प्रधानमन्त्रीको ओलीको जवाफमा चित्त बुझ्दो भएन भन्यो । 

प्रधामन्त्री ओलीले सरकारमा लाने सन्दर्भमा फोरमलाई बढी प्राथमिकतामा राखेको कुरा आईरहेका बेला संसदमा त्यो प्रस्टै देखिएको छ । यस्तै राजपाका महासचिव केशव झाले आफुहरुसँग केही कुरा नभएको र फोरमसँग केही आन्तरिक साँठगाँठ भएको होला भन्नुले ओली फोरमलाई खिचिरहेको र राजपालाई बिच्काईरहेको भन्ने प्रष्ट हुन्छ । झाले जिकिर पनि गरेका छन्,- राजपासँग कुरा भएकाे छैन ।

संसदमा राजपाले प्रधानमन्त्रीको जवाफ प्रष्ट भएन भनिदियो । उसले यो भएन भन्दै संशोधनलाई निर्णायार्थ लैजान भन्यो । 

संविधान संशोधन, नागरिकताको समस्या लगायतका विषयमा सरकारको प्रष्ट धारणा नआएको भन्दै फोरम र राजपाका सांसदले संशोधन हालेका थिए ।

राजपाबाट अनिल झाले संशोधन हालेका थिए । उनले संविधान संशोधन र मधेश आन्दोलनका घाइते तथा अपांग र शहीद परिवारलाई राहत दिने सन्दर्भमा प्रष्ट जवाफ आएन, भने । संशोधन प्रस्ताव फिर्ता एिनन् । 

प्रधानमन्त्री ओलीले संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा गर्न सकिने भनेका छन् । नागरिकता समस्या समाधान गर्न तत्कालै अड्चन हटाउने आश्वासन मात्रै दिए ।आश्वासनकै भरमा फोरमले संशोधन फिर्ता लिनुले सरकारमा जान फोरमले खुट्टा उचालिरहेको अर्थ काटिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ